सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

स्व. प्रधान पञ्च प्रेम बहादुर चन्द स्मृति दोस्रो स्कूल स्तरीय १६ वर्षमुनिको क्रिकेट प्रतियोगिता सम्पन्न

कञ्चनपुर — कञ्चनपुरको महेन्द्रनगरस्थित कभर्ड हलमा स्व. प्रधान पञ्च प्रेम बहादुर चन्द स्मृति दोस्रो स्कूल स्तरीय १६ वर्षमुनिको क्रिकेट प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिता ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ आयोजना गरिएको थियो। कञ्चनपुर जिल्ला क्रिकेट संघले आयोजना गरेको यस प्रतियोगिताको प्रमुख प्रायोजक श्री सिद्धनाथ उदयदेव अनमोल क्रसर रहेको थियो।

समापन समारोहमा प्रमुख अतिथि भीमदत्त नगरपालिकाका नगर उप प्रमुख निलम लेखक जोशी रहनुभएको थियो भने कार्यक्रमको सभाध्यक्षता कञ्चनपुर जिल्ला क्रिकेट संघका अध्यक्ष वीरेन्द्र बहादुर चन्दले गर्नुभएको थियो।

Mahakali Polytechnic

प्रतियोगितामा १० वटा विद्यालय सहभागी भएका थिए। प्रतिस्पर्धात्मक खेलमा सनराइज पब्लिक स्कूलले उपाधि जित्न सफल भयो भने वात्सल्य विद्या निकेतन दोस्रो स्थानमा रह्यो। विजेता र उपविजेता दुवै टिमलाई क्रमश: रू २५ हजार र १५ हजार सहित प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो।

World Link Ads

Sana Kishan

कार्यक्रममा कञ्चनपुर जिल्ला क्रिकेट संघका पूर्व अध्यक्ष दीपक बहादुर चालिसेले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन संघका सचिव विशाल सोनारले गर्नुभएको थियो।

समापन समारोहमा प्रमुख अतिथि जोशीले खेलकुद युवाहरूलाई स्वस्थ्य जीवनशैली अपनाउन प्रेरित गर्ने बताउँदै, लागुऔषध जस्ता कुलतबाट टाढा राख्न महत्त्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो। साथै, खेल मैदानको स्तर सुधार गर्न कभर्ड हलको घेरबार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतियोगितामा सहभागी सबै विद्यालयलाई प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूमध्ये वात्सल्य विद्या निकेतनका हिमाल पन्त उत्कृष्ट खेलाडी घोषित भए। उनलाई नगद रू ३,३३३ सहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरियो। उत्कृष्ट ब्याट्सम्यान सनराइज पब्लिक स्कूलका आयुष चन्द भए, जसले रू १,५५५ नगद सहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे। उत्कृष्ट बलर सार्क एजुकेसनका युसुन पनेरु भए, जसले रू १,५५५ नगद सहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे। नव उदयमान खेलाडी सनराइज पब्लिक स्कूलका तपन अवस्थी घोषित भए, जसले रू १,५५५ नगद सहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे।

यो प्रतियोगिताले विद्यालय तहका विद्यार्थीहरूलाई खेलकुदप्रति प्रेरित गर्नुका साथै उनीहरूको प्रतिभा उजागर गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको आयोजकको विश्वास छ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 9 seconds

CLOSE