Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

महेन्द्रनगरमा सञ्चालनमा आयो ‘आइटी मार्ग इन्स्टिच्युट’

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख २, २०८२
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

रबि भट्ट, कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित गल्ली नम्बर ३ मा आइटी मार्ग इन्स्टिच्युट सञ्चालनमा आएको छ। नयाँ पुस्तालाई प्रविधिमा दक्ष र सीपमूलक जनशक्ति बनाउने उद्देश्यले स्थापना गरिएको यो इन्स्टिच्युटले सुदूरपश्चिममा प्राविधिक शिक्षाको क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ। मङ्गलवार एक समारोहबिच इन्स्टिच्युटको उद्घाटन पूर्व सांसद नरबहादुर धामीले रिबन काटेर गरेका छन्।

इन्स्टिच्युटका सञ्चालक टेकेन्द्र जोशीले प्रविधिको युगमा आइटी शिक्षाको महत्वलाई ध्यानमा राख्दै यो पहल सुरु गरिएको बताए। “हाम्रो लक्ष्य सस्तो र सुलभ तरिकाले कम्प्युटर तथा आइटी सम्बन्धी ज्ञान प्रदान गर्नु हो, जसले विशेष गरी युवाहरूलाई रोजगारी र स्वरोजगारीको अवसर सिर्जना गर्न सकोस्,” जोशीले भने। जोशी सुदूरपश्चिम विश्वविद्यालयमा आइटी विषय अध्ययनरत विद्यार्थी हुन् र विगत केही वर्षदेखि आइटी क्षेत्रमा सक्रिय छन्। उनी लोक तथा दोहोरी गायकको रूपमा समेत परिचित छन्। उनको यो बहु प्रतिभाले इन्स्टिच्युटको सञ्चालनमा थप ऊर्जा थप्ने विश्वास गरिएको छ।

उद्घाटन समारोहमा प्रमुख अतिथि पूर्व सांसद धामीले आइटी मार्ग इन्स्टिच्युटको स्थापनालाई समयसापेक्ष र प्रशंसनीय कदम भएको बताए। “आजको युग प्रविधिको युग हो। यस्तो बेलामा कञ्चनपुरजस्तो ठाउँमा यस्तो इन्स्टिच्युट सञ्चालनमा आउनु साँच्चै खुसीको कुरा हो,” उनले भने। उनले नयाँ पुस्तालाई प्राविधिक ज्ञानले सुसज्जित बनाउन यस्ता पहलले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

सञ्चालक जोशीले इन्स्टिच्युटले विशेष गरी ग्रामीण र पहाडी क्षेत्रबाट आउने विद्यार्थीहरूलाई प्राथमिकता दिइने बताए। उनले भने, “हामी पहाडबाट आउने विद्यार्थीहरूलाई विशेष छुट प्रदान गर्नेछौँ ताकि उनीहरूले पनि गुणस्तरीय आइटी शिक्षा प्राप्त गर्न सकुन्।” इन्स्टिच्युटमा आधारभूत कम्प्युटर कोर्सदेखि लिएर एडभान्स प्रोग्रामिङ, वेब डिजाइन, डाटा एनालिटिक्सजस्ता आधुनिक कोर्सहरू समावेश गरिने योजना रहेको उनले जानकारी दिए।

उद्घाटन समारोहमा स्थानीय बुद्धिजीवी, युवा, र प्राविधिक क्षेत्रका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो। आइटी मार्ग इन्स्टिच्युटले सुदूरपश्चिमको शैक्षिक र प्राविधिक क्षेत्रमा नयाँ सम्भावना उजागर गर्ने अपेक्षा गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने
कन्चनपुर

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने

साउन २१, २०८३
रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड
कन्चनपुर

रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड

साउन १८, २०८३
सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन
कन्चनपुर

सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन

साउन १६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

साउन २२, २०८३
सामान्य घट्यो शेयर बजार, कारोबार रकम वैशाख १५ यताकै उच्च

नेप्से कारोबार ३ अर्ब ७७ करोडमा सीमित

साउन २२, २०८३
प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

साउन २२, २०८३
डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

साउन २२, २०८३
प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

साउन २२, २०८३
सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

आजै जवाफ दिन सभामुखको सरकारलाई निर्देशन

साउन २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व