सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

इङ्ग्ल्याण्डसँगको टी–२० शृङ्खला भारतले एक खेल अगावै जित्यो

भारतले पाहुना टोली इङ्ग्ल्याण्डसँगको टी–२० शृङ्खला एक खेल अगाडि नै जितेको छ ।

शुक्रबार भएको चौथो खेलमा भारतले इङ्ग्ल्याण्डलाई १५ रनले हरायो । भारतले पाँच खेलको शृङ्खलामा ३–१ को अग्रता बनाएको छ ।

एक सय ८२ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड १९ ओभर ४ बलमा एक सय ६६ रनमा अलआउट भयो । उसका ह्यारी ब्रुकले सर्वाधिक ५१ रन बनाए । भारतका हर्षित राना र रवि बिश्नोइले समान ३ विकेट लिए ।

त्यसअघि पुणेमा टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ८१ रन बनाएको थियो ।

Mahakali Polytechnic

भारतका लागि शिभम दुवे र हार्दिक पाण्ड्याले सर्वाधिक समान ५३ रन बनाए । इङ्ग्ल्याण्डका सकिब मोहम्मदले ३ र जेमी ओभरटर्नले २ विकेट लिए । पाँचौँ तथा अन्तिम टी–२० खेल भोलि हुनेछ ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds