Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

स्व. प्रधान पञ्च प्रेम बहादुर चन्द स्मृति दोस्रो स्कूल स्तरीय १६ वर्षमुनिको क्रिकेट प्रतियोगिता सम्पन्न

प्रकाश भट्ट by प्रकाश भट्ट
माघ १८, २०८१
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर — कञ्चनपुरको महेन्द्रनगरस्थित कभर्ड हलमा स्व. प्रधान पञ्च प्रेम बहादुर चन्द स्मृति दोस्रो स्कूल स्तरीय १६ वर्षमुनिको क्रिकेट प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिता ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ आयोजना गरिएको थियो। कञ्चनपुर जिल्ला क्रिकेट संघले आयोजना गरेको यस प्रतियोगिताको प्रमुख प्रायोजक श्री सिद्धनाथ उदयदेव अनमोल क्रसर रहेको थियो।

समापन समारोहमा प्रमुख अतिथि भीमदत्त नगरपालिकाका नगर उप प्रमुख निलम लेखक जोशी रहनुभएको थियो भने कार्यक्रमको सभाध्यक्षता कञ्चनपुर जिल्ला क्रिकेट संघका अध्यक्ष वीरेन्द्र बहादुर चन्दले गर्नुभएको थियो।

प्रतियोगितामा १० वटा विद्यालय सहभागी भएका थिए। प्रतिस्पर्धात्मक खेलमा सनराइज पब्लिक स्कूलले उपाधि जित्न सफल भयो भने वात्सल्य विद्या निकेतन दोस्रो स्थानमा रह्यो। विजेता र उपविजेता दुवै टिमलाई क्रमश: रू २५ हजार र १५ हजार सहित प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो।

कार्यक्रममा कञ्चनपुर जिल्ला क्रिकेट संघका पूर्व अध्यक्ष दीपक बहादुर चालिसेले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन संघका सचिव विशाल सोनारले गर्नुभएको थियो।

समापन समारोहमा प्रमुख अतिथि जोशीले खेलकुद युवाहरूलाई स्वस्थ्य जीवनशैली अपनाउन प्रेरित गर्ने बताउँदै, लागुऔषध जस्ता कुलतबाट टाढा राख्न महत्त्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो। साथै, खेल मैदानको स्तर सुधार गर्न कभर्ड हलको घेरबार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतियोगितामा सहभागी सबै विद्यालयलाई प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूमध्ये वात्सल्य विद्या निकेतनका हिमाल पन्त उत्कृष्ट खेलाडी घोषित भए। उनलाई नगद रू ३,३३३ सहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरियो। उत्कृष्ट ब्याट्सम्यान सनराइज पब्लिक स्कूलका आयुष चन्द भए, जसले रू १,५५५ नगद सहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे। उत्कृष्ट बलर सार्क एजुकेसनका युसुन पनेरु भए, जसले रू १,५५५ नगद सहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे। नव उदयमान खेलाडी सनराइज पब्लिक स्कूलका तपन अवस्थी घोषित भए, जसले रू १,५५५ नगद सहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे।

यो प्रतियोगिताले विद्यालय तहका विद्यार्थीहरूलाई खेलकुदप्रति प्रेरित गर्नुका साथै उनीहरूको प्रतिभा उजागर गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको आयोजकको विश्वास छ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने
कन्चनपुर

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने

साउन २१, २०८३
रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड
कन्चनपुर

रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड

साउन १८, २०८३
सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन
कन्चनपुर

सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन

साउन १६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

साउन २२, २०८३
सामान्य घट्यो शेयर बजार, कारोबार रकम वैशाख १५ यताकै उच्च

नेप्से कारोबार ३ अर्ब ७७ करोडमा सीमित

साउन २२, २०८३
प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

साउन २२, २०८३
डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

साउन २२, २०८३
प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

साउन २२, २०८३
सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

आजै जवाफ दिन सभामुखको सरकारलाई निर्देशन

साउन २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व