Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

स्थानीय तहलाई आगामी बजेटमा मिडियालाई प्राथमिकता दिन पत्रकार महासङ्घ कञ्चनपुरको आग्रह

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ बैशाख ५, शुक्रबार १८:४१
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कुन्दन पाण्डेय, कञ्चनपुर – नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा मिडियालाई प्राथमिकता राखेर बजेट विनियोजन गर्न कञ्चनपुरका नौ वटै स्थानीय तहलाई आग्रह गरेको छ। समाज र राष्ट्रको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने सञ्चारमाध्यमहरू पछिल्लो समय आर्थिक अभावका कारण सङ्कटमा परेको भन्दै महासङ्घले यस्तो अनुरोध गरेको हो।

शाखा अध्यक्ष सुरेश सिंह धामीको अध्यक्षतामा वैशाख ५ गते शुक्रवार बसेको बैठकले स्थानीय तहहरूलाई विगतमा सञ्चारमाध्यमसँग सम्बन्धित प्रकाशन, प्रसारणलगायतका शीर्षकमा विनियोजित बजेटलाई आगामी वर्ष थप प्रभावकारी र मिडिया–मैत्री बनाउन सुझाव दिएको छ। साथै, महासङ्घले आफ्नो भवन व्यवस्थापनका लागि पनि बजेट सहयोगको अपेक्षा गरेको छ।

महासङ्घले सूचनाको हक हरेक नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै कञ्चनपुरका सरकारी, गैरसरकारी, र सार्वजनिक संस्थाहरूलाई सूचनामा सहज र सरल पहुँच सुनिश्चित गर्न आग्रह गरेको छ। सूचना प्रवाहले पारदर्शिता र जबाफदेहिता कायम हुने भन्दै यस्ता संस्थाहरूलाई नियमानुसार सूचनाको हक कार्यान्वयन गर्न अनुरोध गरिएको छ।

यसै गरी, स्थानीय तह, सरकारी, गैरसरकारी कार्यालय, र सार्वजनिक संस्थाहरूले सञ्चारमाध्यममा गर्ने खर्चलाई व्यवस्थित, पारदर्शी, मितव्ययी, समानान्तर, र मिडिया–मैत्री बनाउन महासङ्घले जोड दिएको छ।

महासङ्घले २०८१ चैत्र १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा पत्रकार सुरेश रजकको हत्या भएको घटनाको सत्य तथ्य छानबिन गर्न र दोषीलाई कडा कारबाही गर्न माग गरेको छ। साथै, पीडित परिवारलाई उचित क्षतिपूर्ति, घाइतेको उपचार, सञ्चार गृहमाथि भएको तोडफोडको छानबिन, र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग आग्रह गरिएको छ।

यसअघि महासङ्घले र्‍याली, कोणसभा, कार्यक्षेत्रमा कालो पट्टि बाँधेर काम गर्ने, र प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्री तथा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने कार्यक्रम गरेको थियो। तर, हालसम्म मागहरू सम्बोधन नभएको भन्दै महासङ्घले पत्रकारहरूको पेसागत सुरक्षाको ग्यारेन्टी गर्न जोडदार माग गरेको छ।

अध्यक्ष धामीले महासङ्घको आगामी बैठक घुम्ती रूपमा आयोजना गर्ने निर्णय भएको जानकारी दिए। यसले कञ्चनपुरका विभिन्न क्षेत्रका पत्रकारहरूको सहभागिता र स्थानीय मुद्दाहरूलाई समेट्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाले सञ्चारमाध्यमको दिगोपन, पत्रकारहरूको पेसागत सुरक्षा, र सूचनाको हकलाई प्रवर्द्धन गर्न निरन्तर प्रयास गर्ने प्रतिबद्धता जनाएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सडक दुर्घटना न्यूनीकरणका लागि कञ्चनपुरमा गाईलाई ‘रिफ्लेक्टर बेल्ट’
कन्चनपुर

सडक दुर्घटना न्यूनीकरणका लागि कञ्चनपुरमा गाईलाई ‘रिफ्लेक्टर बेल्ट’

२०८२ बैशाख ५, शुक्रबार १८:४१
श्री बैतडी बंगसल्ला चन्द समाजको आमभेला सम्पन्न
कन्चनपुर

श्री बैतडी बंगसल्ला चन्द समाजको आमभेला सम्पन्न

२०८२ बैशाख ५, शुक्रबार १८:४१
महाकाली मोडर्न स्कुलमा दशैं र तिहारको विशेष कार्यक्रम सम्पन्न, ५०  रुपैयाँमै विद्यार्थीलाई  स्मार्ट फोन
कन्चनपुर

महाकाली मोडर्न स्कुलमा दशैं र तिहारको विशेष कार्यक्रम सम्पन्न, ५० रुपैयाँमै विद्यार्थीलाई स्मार्ट फोन

२०८२ बैशाख ५, शुक्रबार १८:४१

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

केही दिन ठूलो पानी नपर्ने

धेरै ठाउँको मौसम सफा, कोशी र गण्डकीका हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना

२०८२ बैशाख ५, शुक्रबार १८:४१
ऊर्जा मन्त्री घिसिङ पार्टी निर्माणको अन्तिम तयारीमा

ऊर्जा मन्त्री घिसिङ पार्टी निर्माणको अन्तिम तयारीमा

२०८२ बैशाख ५, शुक्रबार १८:४१
वेदकोट-९ ले जित्यो मेयर कपको उपाधि, खेलकुद विकासमा नगरपालिकाको निरन्तरता

वेदकोट-९ ले जित्यो मेयर कपको उपाधि, खेलकुद विकासमा नगरपालिकाको निरन्तरता

२०८२ बैशाख ५, शुक्रबार १८:४१
शिक्षकलाई राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार छैन : मन्त्री पुन

शिक्षकलाई राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार छैन : मन्त्री पुन

२०८२ बैशाख ५, शुक्रबार १८:४१
कक्षा १२ को परीक्षा निर्धारित समयमै हुने भएकाले गलत हल्लाका पछाडि नलाग्न बोर्डको आग्रह

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक, ७३ प्रतिशतभन्दा धेरै विद्यार्थी उत्तीर्ण

२०८२ बैशाख ५, शुक्रबार १८:४१
नेपाली क्रिकेटका धरोहर शरद भेषावकरको सन्न्यास, सन्दीप लामिछानेले गरे भावुक पोस्ट!

नेपाली क्रिकेटका धरोहर शरद भेषावकरको सन्न्यास, सन्दीप लामिछानेले गरे भावुक पोस्ट!

२०८२ बैशाख ५, शुक्रबार १८:४१

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व