Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरको मझगाउँ विमानस्थलको निर्माण कार्य पुनः अवरुद्ध

प्रकाश भट्ट by प्रकाश भट्ट
बैशाख ३, २०८२
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर। पुनर्निर्माण थालिएको मझगाउँ विमानस्थलको निर्माण कार्य पुनः अवरुद्ध भएको छ। नेपाली सेना र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रशासनको अवरोधका कारण निर्माण कार्य रोकिएको मझगाउँ विमानस्थल पुनः सञ्चालन समितिले जनाएको छ।

विमानस्थल निर्माणको जिम्मा पाएको कान्छाराम कुमार श्रेष्ठ एन्ड कम्पनी जेभीले गत वर्ष रत्न बाटिका क्षेत्रमा डोजर लगाएर रोकिएको काम पुनः सुरु गरेको थियो। तर, सेनाले पछिल्लो समय ३४० मिटर क्षेत्रमा अवरोध गरेपछि २ सय मिटर रनवेको लागि जमिन अपुग भएको निर्माण कम्पनीले बताएको छ। यसका कारण कम्पनीका स्रोतसाधन समेत थन्किएका छन्।

विमानस्थल पुनः सञ्चालन समितिका सचिव राजेन्द्र बहादुर चन्दले निकुञ्ज प्रशासन र सेनाको अवरोधका कारण निर्माण कार्य प्रभावित भएको बताए। उनले भने, “गृहमन्त्री रमेश लेखकले फेब्रुअरी १४ मा सेनासँग सम्झौता भएको र छिट्टै विमानस्थल सञ्चालन हुने दाबी गरेका थिए, तर त्यो अप्रिल फूलजस्तै भयो।”

समितिका सञ्चार संयोजक ज्ञानेन्द्र महताले विमानस्थलको दक्षिणतर्फ सेनाको फुटबल मैदान र सैनिक आवास क्षेत्रको ६ बिघा जमिन रनवे विस्तारका लागि आवश्यक रहेको बताए। तर, सेनाले विभिन्न बहानामा अवरोध गरेको उनको आरोप छ।

समितिका अध्यक्ष रमेश चन्दले जनताले विकास चाहिरहेको बेला सेना र निकुञ्जले सहजीकरण गर्नुपर्नेमा अवरोध गरेको बताए। वि.सं. २०३० देखि २०५६ सम्म सञ्चालित मझगाउँ विमानस्थल सुरक्षाका कारण देखाउँदै बन्द गरिएको थियो। वि.सं. २०७८ मा ४५ करोड ६६ लाख २४ हजार ७१४ रुपैयाँमा ठेक्का प्राप्त गरी निर्माण सुरु भएको थियो। हाल १,३०० मिटर रनवेको आधार तयार भइसकेको र कालोपत्रे गर्ने तयारी भइरहेको निर्माण कम्पनीले जनाएको छ।

तत्कालीन मन्त्री प्रेमबहादुर आलेले रनवेलाई १,५२५ मिटरबाट २,५०० मिटर बनाउनुपर्ने बताएका थिए। विमानस्थल निर्माणमा सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहको संयुक्त लगानी छ। तर, सरकारको ढिलासुस्ती र समन्वय अभावले निर्माण कार्य प्रभावित भएको पुनः सञ्चालन समितीले गुनासो गरेको छ। 

गत फागुन २ गते गृह मन्त्रालयमा गृहमन्त्री लेखक, वन मन्त्री ऐनबहादुर शाही ठकुरी, रक्षा मन्त्री मानवीर राई, पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानसेनापति अशोकराज सिग्देललगायतको बैठकले विमानस्थल निर्माणका लागि सेनाको ६ बिघा जमिन प्रयोग गर्ने र फुटबल मैदान तथा सैनिक आवास निकुञ्ज क्षेत्रमा पुनर्निर्माण गर्ने सहमति भएको थियो। तर, सहमति कार्यान्वयन नहुँदा स्थानीयमा निराशा छाएको छ।

निर्माण कम्पनीले २०८२ माघभित्र निर्माण सम्पन्न गर्ने गरी म्याद थप गरेको छ। तर, सेनाले जमिनको सट्टा समान क्षेत्रफलको जमिन माग्दा निर्माण कार्य अनिश्चित बनेको समितिका अध्यक्ष चन्दले बताए। विमानस्थल निर्माणमा भीमदत्त नगरपालिका, दोधारा चाँदनी नगरपालिका, सुदूरपश्चिम प्रदेश सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणको साझेदारी छ। साथै विमानस्थल पुन: सञ्चालन समितिले भीमदत्त र दाेाधारा चाँदनीकाका नगरप्रमुखले पनि पुन: निर्माण कार्यमा चासो देखाउन आग्रह गरेको छ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

असार ४, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व