कञ्चनपुर – भीमदत्त नगरपालिकाले महाकाली प्रादेशिक अस्पताललाई डेन्टल स्वास्थ्य सेवा विस्तारका लागि २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। चालु आर्थिक वर्ष ०८१/०८२ को नीति तथा कार्यक्रममार्फत नगरपालिकाले यो सहयोग गरेको हो।
नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत महेशबहादुर बमले शुक्रवार अस्पताललाई चेक हस्तान्तरण गरिएको जानकारी दिए। उनका अनुसार, उपप्रमुख निलम लेखकले महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. अर्जुन कुमार भट्टलाई उक्त रकमको चेक हस्तान्तरण गरेकी हुन्।
उपप्रमुख लेखकले नगरपालिका क्षेत्रका विपन्न र गरिब जनताको दाँतको उपचारमा सहयोग पुर्याउने उद्देश्यले यो रकम प्रदान गरिएको बताइन्। उनले विशेष गरी दाँतसम्बन्धी समस्याबाट पीडित विपन्न बिरामीको उपचारमा यो सहयोगले टेवा पुर्याउने विश्वास व्यक्त गरिन्।
चेक ग्रहण गर्दै अस्पतालका निमित्त मेसु डा. भट्टले नगरपालिकाबाट प्राप्त आर्थिक सहयोग डेन्टल स्वास्थ्य सेवाको विस्तार र सुधारमा खर्च गरिने प्रतिबद्धता जनाए।
जिल्ला सदरमुकाममा रहेको भीमदत्त नगरपालिकाले हरेक वर्ष महाकाली प्रादेशिक अस्पताल र रेडक्रसलाई आर्थिक सहयोग प्रदान गर्दै आएको छ।









Discussion about this post