Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरमा बाढी र आगलागी पूर्वतयारीका लागि समुदाय-स्तरमा नमुना अभ्यास

प्रकाश भट्ट by प्रकाश भट्ट
असार ६, २०८२
कञ्चनपुरमा बाढी र आगलागी पूर्वतयारीका लागि समुदाय-स्तरमा नमुना अभ्यास
0
SHARES
69
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा बाढी र आगलागीजस्ता प्राकृतिक विपद्हरूको सामना गर्न समुदाय-स्तरमा कृत्रिम नमुना घटना अभ्यास गरिएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डीसीएको समन्वय तथा सहकार्यमा भीमदत्त नगरपालिकाले आयोजना गरेको यो अभ्यास कार्यक्रमले स्थानीय समुदायलाई विपद्को समयमा कसरी ज्यान जोगाउने र धनजनको क्षति न्यूनीकरण गर्ने भन्ने बारेमा महत्वपूर्ण सीप सिकाएको छ।

एनएनएसडब्लुएका पूर्वसूचना तथा पूर्व प्रतिकार्य (EWEA) अधिकृत भोजराज भट्टले विपद् व्यवस्थापनमा समुदायको भूमिका अपरिहार्य रहेको कुरामा जोड दिँदै यस अभ्यासको महत्वबारे प्रकाश पार्नुभयो। उहाँका अनुसार, प्राकृतिक विपद्हरूमा सबैभन्दा पहिले प्रभावित हुने र तत्काल प्रतिक्रिया दिने भनेकै समुदायका सदस्यहरू हुन्। त्यसैले, उनीहरूलाई प्रशिक्षित गर्नु र सशक्त बनाउनु नै प्रभावकारी विपद् व्यवस्थापनको आधार हो।

यस अभ्यासले समुदायका व्यक्तिहरूलाई विपद्को समयमा कसरी व्यवस्थित रूपमा काम गर्ने, घाइतेहरूको उद्धार कसरी गर्ने, प्राथमिक उपचार कसरी प्रदान गर्ने र स्थानीय स्तरमा उपलब्ध स्रोतसाधनहरू जस्तै डोरी, काठ, डुंगा, वा अन्य आवश्यक सामग्रीहरूको कसरी अधिकतम प्रयोग गर्ने भन्ने बारेमा व्यावहारिक ज्ञान र सीप प्रदान गरेको छ। भट्टले समुदायलाई यसरी तयार पार्दा उनीहरू पहिलो उद्धारकर्ताका रूपमा सक्षम भई थप ठूलो मानवीय र भौतिक क्षति हुनबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो।

भीमदत्त नगरपालिकाका विपद् सम्पर्क व्यक्ति मनोजप्रसाद भट्टले प्राकृतिक विपद्हरूलाई पूर्ण रूपमा रोकथाम गर्न नसके पनि पूर्वतयारीको माध्यमबाट यसको असरलाई न्यून गर्न सकिने बताउनुभयो। विगतका बाढीको अनुभवलाई आत्मसात गर्दै आगामी दिनहरूमा आइपर्ने विपद्का लागि कसरी पूर्वतयारीका कार्यहरू गर्न सकिन्छ भन्ने दिगो व्यवस्थापनका लागि बाढी र आगलागीमा आधारित यो कृत्रिम नमुना अभ्यास गरिएको उहाँले स्पष्ट पार्नुभयो।

अभ्यासमा सहभागी समुदायका व्यक्तिहरूले विपद्को समयमा गरिने उद्धार, उपचारलगायतका विषयमा महत्वपूर्ण जानकारी प्राप्त भएको प्रतिक्रिया दिएका छन्। भीमदत्त नगरपालिका ९ का स्थानीय धनबहादुर खडकाले यस्तो कार्यक्रमको अति नै आवश्यकता रहेको बताउँदै महाकाली तटीय क्षेत्रका स्थानीयहरूलाई यसले धेरै जानकारी, ज्ञान र सीप सिकाएको उल्लेख गर्नुभयो। उहाँले पूर्व सूचना प्रवाह, खोज तथा उद्धार र प्राथमिक उपचारलगायतका सन्दर्भमा नमुना अभ्यासबाट धेरै सिकाइ भएकोमा विश्वास व्यक्त गर्नुभयो।

बाढीमा आधारित कृत्रिम घटना नमुना अभ्यास कार्यक्रममा विपद्को समयमा गरिने गतिविधिको स्थलगत अभ्यासमा एनएनएसडब्लुएका भीमदत्त नगरपालिकाका सामाजिक परिचालिका अनिता लावडले सहजीकरण गर्नुभएको थियो।

किन आवश्यक छ यस्तो अभ्यास?
पछिल्लो एक दशकयता वर्षायाममा आउने बाढीले कञ्चनपुरमा ठूलो धनजनको क्षति पुर्‍याउँदै आएको छ। यसैलाई मध्यनजर गर्दै भीमदत्त नगरपालिकाको वडा नम्बर ९, मुसेट्टीमा रहेका दुईवटा भिमकुण्ड सामुदायिक विपद् व्यवस्थापन समिति र सन्तनगर खल्ला सामुदायिक विपद् व्यवस्थापन समितिका सदस्यहरूलाई यो अभ्यास गराइएको हो।

भीमदत्त नगरपालिकाका वातावरण अधिकृत सविन रावलले बाढी र आगलागीबाट बच्न र बचाउने सीप सिकाउन यो कृत्रिम नमुना घटना अभ्यास आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार महाकाली तटीय क्षेत्रका समुदायलाई सुरक्षित राख्न र उनीहरूको जिउधनको सुरक्षा गर्नका लागि नगरपालिकाका नगर प्रहरी, दमकल, प्रहरी निकाय, सशस्त्र प्रहरी र स्थानीयहरूलाई समावेश गरी यो अभ्यास गराइएको थियो। विपद्को रूपमा बाढी र डुबान बढी हुने यस क्षेत्रमा समुदायलाई नै उद्धार गर्ने सीप सिकाएर उनीहरूलाई विपद्मा सहयोग गर्ने पहिलो व्यक्ति बनाउनु नै यस कार्यक्रमको मुख्य उद्देश्य रहेको रावलले जानकारी दिनुभयो।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

जेन्जी सहिदको सम्झनामा कञ्चनपुरमा दीप प्रज्वलन
Uncategorized

जेन्जी सहिदको सम्झनामा कञ्चनपुरमा दीप प्रज्वलन

भदौ २३, २०८३
सडक मर्मत गर्दै वडा अध्यक्ष थापा
Uncategorized

सडक मर्मत गर्दै वडा अध्यक्ष थापा

भदौ १४, २०८३
Uncategorized

जनसरोकार पोष्टको वार्षिकोत्सवमा बिरामी पत्रकार विष्टलाई उपचार खर्च सहयोग

भदौ ४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कन्टेन्ट क्रिएटरको प्रभाव र सामाजिक जिम्मेवारी!

कन्टेन्ट क्रिएटरको प्रभाव र सामाजिक जिम्मेवारी!

भदौ २५, २०८३
भोटेकोशी बाढीको राहत–उद्धारबारे विपक्षी दलको समीक्षा

भोटेकोशी बाढीको राहत–उद्धारबारे विपक्षी दलको समीक्षा

भदौ २५, २०८३
उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भदौ २५, २०८३
स्थानीय सरकार: दलीय भागबन्डा कि जनसेवाको केन्द्र?

स्थानीय सरकार: दलीय भागबन्डा कि जनसेवाको केन्द्र?

भदौ २५, २०८३
ओमानलाई ८७ रनले हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि यूएईसँग भिड्ने

ओमानलाई ८७ रनले हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि यूएईसँग भिड्ने

भदौ २५, २०८३
एसीसी प्रिमियर कप सेमिफाइनलमा नेपाल र ओमान भिड्दै

एसीसी प्रिमियर कप सेमिफाइनलमा नेपाल र ओमान भिड्दै

भदौ २५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व