काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्।
मन्त्री यादवले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष आफ्नो राजीनामा बुझाएकी हुन्।
पछिल्लो समय बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि मन्त्री यादवको चर्को आलोचना हुँदै आएको थियो। ग्यास आपूर्ति सहज बनाउन नसकेको भन्दै उनीमाथि विभिन्न क्षेत्रबाट प्रश्न उठ्दै आएका थिए।
यादवले बुधबार मात्रै मन्त्रालयका कर्मचारीले आफूलाई काम गर्न नदिएको गुनासो गरेकी थिइन्। त्यस्तै, ग्यास आपूर्ति सहज बनाउन ग्यास उद्योगीहरूको ‘पाता फर्काउनुपर्ने’ अभिव्यक्ति दिएपछि पनि उनको आलोचना भएको थियो।
मन्त्री यादवको उक्त अभिव्यक्तिप्रति नेपाल उद्योग वाणिज्य महासंघले समेत आपत्ति जनाएको थियो। महासंघले निजी क्षेत्रलाई दोषारोपण गर्नुको सट्टा सरकार र व्यवसायीबीच सहकार्य आवश्यक रहेको बताएको थियो।










Discussion about this post