कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिकास्थित एक सामुदायिक विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ। बिहीबार आयोजित कार्यक्रमका बीच वेदकोट नगरपालिका–१० चतहरीको रत्न माविको ४२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो।
पूर्वमन्त्री एवम् प्रदेश सांसद ओम विक्रम भाट (सरल) ले विद्यालयको वार्षिकोत्सव उद्घाटन गरेका थिए। ग्रामिण क्षेत्रमा रहेको यो विद्यालयको भौतिक वृद्धि र विकासका लागि उनले निरन्तर पहल गरिरहने प्रतिबद्धता जनाए। ‘मैले विगतमा जस्तै आगामी दिनमा पनि विद्यालयका लागि सहयोग गर्नेछु,’ उनले भने, ‘प्रदेश सरकारबाट आएको बजेटलाई आगामी वर्षहरूमा दोब्बर बनाउने प्रयास गर्छु।’ विद्यालय प्रशासनले पूर्वमन्त्री भाटको निरन्तर योगदानको लागि आभार व्यक्त गरेको छ।
कार्यक्रमका विशिष्ट अतिथि बेदकोट नगरपालिका–१० का वडाध्यक्ष रतन सिंह विष्टले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा वडा कार्यालयको निरन्तर सहयोग रहने बताए। त्यस्तै, विद्यालयका पूर्व अध्यक्ष एवम् माओवादी केन्द्रका युवा नेता कैलास सुनारले विद्यालयको उन्नति र शैक्षिक सुधारका लागि विगतमा झैँ सहयोग जारी राख्ने बताए। पूर्व पीटीए अध्यक्ष जय ब. रोकायाले विद्यालयमा अनावश्यक राजनीतिकरण भइरहेकोप्रति चिन्ता व्यक्त गरे।
कार्यक्रम संयोजक एवम् विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष सागर सुनारले ग्रामीण क्षेत्रका विद्यालयको विकासमा तीनै तहका सरकारहरूको ध्यानाकर्षण आवश्यक रहेको बताए। उनले गुणस्तरीय शिक्षा प्रदान गर्न सबै सरोकारवालाहरू गम्भीर हुनुपर्ने उल्लेख गरे।
![Mahakali Polytechnic](https://sudurpashimkhabar.com/wp-content/uploads/2024/08/Mahakali.gif)
कार्यक्रममा विद्यालयको स्थापना गर्ने स्व. पटवारी राना लगायत विद्यालयको विकासमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो।
विद्यालयका प्रधानाध्यापक शेर बहादुर कार्कीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले शैक्षिक गुणस्तर सुधार गर्न निरन्तर प्रयास गरिरहेको जानकारी दिए। न्यूनतम स्रोत साधनका बाबजुद गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रयास भइरहेको भन्दै उनले विद्यालयको विकासमा सरोकारवालाहरूको ध्यानाकर्षण गराए।
![Sana Kishan](https://sudurpashimkhabar.com/wp-content/uploads/2024/12/sana-kisaan-dec-24.gif)
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश लुहारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, अभिभावक, विद्यार्थी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको विद्यालयका शिक्षक केशवदत्त विष्टले सञ्चालन गरेका थिए भने विद्यार्थीहरूले नृत्यसहित विभिन्न प्रस्तुति दिएका थिए।
![Dirghayu Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2024/06/Dirghayu.gif)