Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

रत्न मावि चतहरीको ४२ औँ वार्षिकोत्सव सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ १७, २०८१
रत्न मावि चतहरीको ४२ औँ वार्षिकोत्सव सम्पन्न
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिकास्थित एक सामुदायिक विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ। बिहीबार आयोजित कार्यक्रमका बीच वेदकोट नगरपालिका–१० चतहरीको रत्न माविको ४२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो।

पूर्वमन्त्री एवम् प्रदेश सांसद ओम विक्रम भाट (सरल) ले विद्यालयको वार्षिकोत्सव उद्घाटन गरेका थिए। ग्रामिण क्षेत्रमा रहेको यो विद्यालयको भौतिक वृद्धि र विकासका लागि उनले निरन्तर पहल गरिरहने प्रतिबद्धता जनाए। ‘मैले विगतमा जस्तै आगामी दिनमा पनि विद्यालयका लागि सहयोग गर्नेछु,’ उनले भने, ‘प्रदेश सरकारबाट आएको बजेटलाई आगामी वर्षहरूमा दोब्बर बनाउने प्रयास गर्छु।’ विद्यालय प्रशासनले पूर्वमन्त्री भाटको निरन्तर योगदानको लागि आभार व्यक्त गरेको छ।

कार्यक्रमका विशिष्ट अतिथि बेदकोट नगरपालिका–१० का वडाध्यक्ष रतन सिंह विष्टले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा वडा कार्यालयको निरन्तर सहयोग रहने बताए। त्यस्तै, विद्यालयका पूर्व अध्यक्ष एवम् माओवादी केन्द्रका युवा नेता कैलास सुनारले विद्यालयको उन्नति र शैक्षिक सुधारका लागि विगतमा झैँ सहयोग जारी राख्ने बताए। पूर्व पीटीए अध्यक्ष जय ब. रोकायाले विद्यालयमा अनावश्यक राजनीतिकरण भइरहेकोप्रति चिन्ता व्यक्त गरे।

कार्यक्रम संयोजक एवम् विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष सागर सुनारले ग्रामीण क्षेत्रका विद्यालयको विकासमा तीनै तहका सरकारहरूको ध्यानाकर्षण आवश्यक रहेको बताए। उनले गुणस्तरीय शिक्षा प्रदान गर्न सबै सरोकारवालाहरू गम्भीर हुनुपर्ने उल्लेख गरे।

कार्यक्रममा विद्यालयको स्थापना गर्ने स्व. पटवारी राना लगायत विद्यालयको विकासमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो।

विद्यालयका प्रधानाध्यापक शेर बहादुर कार्कीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले शैक्षिक गुणस्तर सुधार गर्न निरन्तर प्रयास गरिरहेको जानकारी दिए। न्यूनतम स्रोत साधनका बाबजुद गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रयास भइरहेको भन्दै उनले विद्यालयको विकासमा सरोकारवालाहरूको ध्यानाकर्षण गराए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश लुहारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, अभिभावक, विद्यार्थी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको विद्यालयका  शिक्षक केशवदत्त विष्टले सञ्चालन गरेका थिए भने विद्यार्थीहरूले नृत्यसहित विभिन्न प्रस्तुति दिएका थिए।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने
कन्चनपुर

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने

साउन २१, २०८३
रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड
कन्चनपुर

रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड

साउन १८, २०८३
सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन
कन्चनपुर

सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन

साउन १६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

साउन २२, २०८३
सामान्य घट्यो शेयर बजार, कारोबार रकम वैशाख १५ यताकै उच्च

नेप्से कारोबार ३ अर्ब ७७ करोडमा सीमित

साउन २२, २०८३
प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

साउन २२, २०८३
डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

साउन २२, २०८३
प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

साउन २२, २०८३
सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

आजै जवाफ दिन सभामुखको सरकारलाई निर्देशन

साउन २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व