सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेदकोटमा आगलागी पीडितलाई आर्थिक सहयोग

कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ३, दैजी बजारमा रहेको न्यू भट्ट किराना पसलमा माघ ६ गते राति १०:३० बजे भएको भीषण आगलागीले पसल पूर्ण रूपमा जलेर नष्ट भएको थियो।

न्यू भट्ट किराना पसलका सञ्चालक मदनराज भट्टलाई पसल पुनर्स्थापना गर्न दैजी बजार व्यवस्थापन समितिको विशेष पहलमा आर्थिक सहयोग गरिएको छ। दैजी बजारका व्यवसायी तथा स्थानीयले रकम संकलन गरी भट्टलाई २ लाख ६८ हजार ५०५ रुपैयाँ प्रदान गरिएको दैजी बजार व्यवस्थापन समितिका अध्यक्ष तेज बहादुर ठकुल्लाले जानकारी दिएका छन्। अध्यक्ष ठकुल्लाका अनुसार भट्टलाई पुनः व्यवसाय सञ्चालनका लागि यो आर्थिक सहयोग प्रदान गरिएको हो।

दैजी बजारका व्यवसायी तथा स्थानीयको यो सहयोग अभियानलाई चौतर्फी रूपमा प्रशंसा गरिएको छ। आगलागी पीडित मदनराज भट्टले सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आफ्नो व्यवसायलाई पुनः सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका छन्।

दैजी बजार व्यवस्थापन समितिका अध्यक्ष ठकुल्लाले विपद्को समयमा स्थानीय तथा व्यवसायी मिलेर गरेको सहयोगलाई प्रशंसा गर्दै आगामी दिनमा पनि विपद्को समयमा दैजी बजार व्यवस्थापन समितिले सक्दो सहयोग गर्ने प्रतिज्ञा व्यक्त गरेका छन्।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds