Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

शुक्लाफाँटामा सुविधा सम्पन्न कभर्डहल उद्घाटन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख १३, २०८२
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर — कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१० झलारीस्थित सुनबरा नदीको बगरमा आधुनिक सुविधा सम्पन्न कभर्डहल निर्माण र उद्घाटन सम्पन्न भएको छ। नगरपालिकाले आफ्नै स्रोतमा सुनबरा नदीको कटानले बगरमा परिणत भएको क्षेत्रलाई सदुपयोग गरी खेलकुद विकासका लागि यो पक्की भवन निर्माण गरेको हो।

शुक्लाफाँटा नगर प्रमुख रणबहादुर महराले खेलाडीको विकास र खेलकुद प्रवर्द्धनका लागि कभर्डहल निर्माण गरिएको बताए। “यो कभर्डहल हामीले ३ करोड ५० लाखको बजेटमा २ करोड ६९ लाखमा निर्माण सम्पन्न गरेका हौँ,” उनले भने, “खेलकुद विकास हाम्रो निर्वाचनको प्रमुख एजेन्डा थियो, र यो नगरको गौरवको योजना हो।” कभर्डहलमा दुईवटा ब्याडमिन्टन कोर्ट, प्यारापिट, चेन्जिङ रूम, शौचालयजस्ता सुविधाहरू समावेश छन्।

नगर प्रमुख महराले आगामी दिनमा कभर्डहल परिसरमै खेलमैदान निर्माण गर्ने योजना रहेको खुलासा गरे। “बजार नजिकै बनाइएको यो भवनले इनडोर प्रतियोगिता आयोजना गर्न सहज हुनेछ। अब नगरका खेलाडीले बाहिर गएर खेल्नुपर्ने बाध्यता हट्नेछ,” उनले थपे।

नगरपालिकाका इन्जिनियर दिपक धामीका अनुसार, एसएनएस जयलक्ष्मी जेभीले २०७९ असारबाट निर्माण सुरु गरी २०८१ कार्तिकमा कभर्डहल निर्माण सम्पन्न गरेको हो। नगरका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले कभर्डहल सञ्चालनको जिम्मेवारी नगर खेलकुद समितिलाई दिइएको र यसलाई नियमित सञ्चालन गरी खेलकुद विकासमा योगदान पुर्‍याउने योजना रहेको बताए।

शुक्लाफाँटा नगर खेलकुद समितिका अध्यक्ष चक्र साउदले यसअघि इनडोर खेलकुद सुविधाको अभावमा खेलाडीले समस्या झेल्नुपरेको उल्लेख गरे। “अब यो कभर्डहलले खेलाडीलाई सहजता प्रदान गर्नेछ,” उनले भने।

स्थानीयवासीले पनि कभर्डहल निर्माणबाट उत्साह व्यक्त गरेका छन्। स्थानीय अनिता नेपालीले कभर्डहलले खेलाडीको चहलपहल बढ्ने र यस क्षेत्रको विकासमा योगदान पुग्ने बताइन्। यद्यपि, उनले कभर्डहल र गाउँबस्ती जोगाउन नदीको तटबन्ध आवश्यक रहेको सुझाएकी छन्।

यो कभर्डहलले शुक्लाफाँटा नगरपालिकामा खेलकुद क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने
कन्चनपुर

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने

साउन २१, २०८३
रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड
कन्चनपुर

रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड

साउन १८, २०८३
सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन
कन्चनपुर

सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन

साउन १६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

साउन २२, २०८३
सामान्य घट्यो शेयर बजार, कारोबार रकम वैशाख १५ यताकै उच्च

नेप्से कारोबार ३ अर्ब ७७ करोडमा सीमित

साउन २२, २०८३
प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

साउन २२, २०८३
डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

साउन २२, २०८३
प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

साउन २२, २०८३
सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

आजै जवाफ दिन सभामुखको सरकारलाई निर्देशन

साउन २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व