Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

शुक्लाफाँटामा सुविधा सम्पन्न कभर्डहल उद्घाटन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ बैशाख १३, शनिबार १९:०२
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर — कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१० झलारीस्थित सुनबरा नदीको बगरमा आधुनिक सुविधा सम्पन्न कभर्डहल निर्माण र उद्घाटन सम्पन्न भएको छ। नगरपालिकाले आफ्नै स्रोतमा सुनबरा नदीको कटानले बगरमा परिणत भएको क्षेत्रलाई सदुपयोग गरी खेलकुद विकासका लागि यो पक्की भवन निर्माण गरेको हो।

शुक्लाफाँटा नगर प्रमुख रणबहादुर महराले खेलाडीको विकास र खेलकुद प्रवर्द्धनका लागि कभर्डहल निर्माण गरिएको बताए। “यो कभर्डहल हामीले ३ करोड ५० लाखको बजेटमा २ करोड ६९ लाखमा निर्माण सम्पन्न गरेका हौँ,” उनले भने, “खेलकुद विकास हाम्रो निर्वाचनको प्रमुख एजेन्डा थियो, र यो नगरको गौरवको योजना हो।” कभर्डहलमा दुईवटा ब्याडमिन्टन कोर्ट, प्यारापिट, चेन्जिङ रूम, शौचालयजस्ता सुविधाहरू समावेश छन्।

नगर प्रमुख महराले आगामी दिनमा कभर्डहल परिसरमै खेलमैदान निर्माण गर्ने योजना रहेको खुलासा गरे। “बजार नजिकै बनाइएको यो भवनले इनडोर प्रतियोगिता आयोजना गर्न सहज हुनेछ। अब नगरका खेलाडीले बाहिर गएर खेल्नुपर्ने बाध्यता हट्नेछ,” उनले थपे।

नगरपालिकाका इन्जिनियर दिपक धामीका अनुसार, एसएनएस जयलक्ष्मी जेभीले २०७९ असारबाट निर्माण सुरु गरी २०८१ कार्तिकमा कभर्डहल निर्माण सम्पन्न गरेको हो। नगरका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले कभर्डहल सञ्चालनको जिम्मेवारी नगर खेलकुद समितिलाई दिइएको र यसलाई नियमित सञ्चालन गरी खेलकुद विकासमा योगदान पुर्‍याउने योजना रहेको बताए।

शुक्लाफाँटा नगर खेलकुद समितिका अध्यक्ष चक्र साउदले यसअघि इनडोर खेलकुद सुविधाको अभावमा खेलाडीले समस्या झेल्नुपरेको उल्लेख गरे। “अब यो कभर्डहलले खेलाडीलाई सहजता प्रदान गर्नेछ,” उनले भने।

स्थानीयवासीले पनि कभर्डहल निर्माणबाट उत्साह व्यक्त गरेका छन्। स्थानीय अनिता नेपालीले कभर्डहलले खेलाडीको चहलपहल बढ्ने र यस क्षेत्रको विकासमा योगदान पुग्ने बताइन्। यद्यपि, उनले कभर्डहल र गाउँबस्ती जोगाउन नदीको तटबन्ध आवश्यक रहेको सुझाएकी छन्।

यो कभर्डहलले शुक्लाफाँटा नगरपालिकामा खेलकुद क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

शुक्लाफाँटा नगरका मेयर महराको तीन वर्षे कार्यकाल: सडक स्तरोन्नतिदेखि किसानलाई लालपुर्जा वितरणसम्म
कन्चनपुर

शुक्लाफाँटा नगरका मेयर महराको तीन वर्षे कार्यकाल: सडक स्तरोन्नतिदेखि किसानलाई लालपुर्जा वितरणसम्म

२०८२ बैशाख १३, शनिबार १९:०२
कञ्चनपुरको महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी विद्यालयको भव्य उद्घाटन
कन्चनपुर

कञ्चनपुरको महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी विद्यालयको भव्य उद्घाटन

२०८२ बैशाख १३, शनिबार १९:०२
कञ्चनपुरको महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी सञ्चालनमा
कन्चनपुर

कञ्चनपुरको महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी सञ्चालनमा

२०८२ बैशाख १३, शनिबार १९:०२

Discussion about this post

नयाँ प्रकाशित

किन आवश्यक छ गीता ज्ञान परीक्षा?

किन आवश्यक छ गीता ज्ञान परीक्षा?

२०८२ बैशाख १३, शनिबार १९:०२
आफ्नो मुटु बचाउन चाहनुहुन्छ ? आजैबाट त्याग्नुस् यी ७ बानी

आफ्नो मुटु बचाउन चाहनुहुन्छ ? आजैबाट त्याग्नुस् यी ७ बानी

२०८२ बैशाख १३, शनिबार १९:०२
परीक्षा बोर्डले भन्यो- कक्षा-१२ को परीक्षा शान्तिपूर्ण भयो, सहयोग गर्ने सबैलाई धन्यवाद

परीक्षा बोर्डले भन्यो- कक्षा-१२ को परीक्षा शान्तिपूर्ण भयो, सहयोग गर्ने सबैलाई धन्यवाद

२०८२ बैशाख १३, शनिबार १९:०२
आईपीएल क्रिकेटमा लखनउ र हैदराबाद खेल्दै

आईपीएल क्रिकेटमा लखनउ र हैदराबाद खेल्दै

२०८२ बैशाख १३, शनिबार १९:०२
हेर्नुहोस् कहाँ कहाँ छ वर्षाको सम्भावना !

अझै ३ दिन पानी पर्ने, ‘प्रि–मनसुन’ मै ‘मनसुन’ को जस्तो वर्षा

२०८२ बैशाख १३, शनिबार १९:०२
यो वर्ष सबै बालीको उत्पादन बढ्ने अनुमान

यो वर्ष सबै बालीको उत्पादन बढ्ने अनुमान

२०८२ बैशाख १३, शनिबार १९:०२

आशीर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

संस्थापक: प्रकाश कलौनी

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: कुमारी हिरा भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व