कञ्चनपुर – वेदकोट नगरपालिकाले वडा नम्बर -९ का अध्यक्ष जनक विष्टको निधनप्रति शोक व्यक्त गर्दै शुक्रवार नगरभर शोक बिदा घोषणा गरेको छ। बुधवार विष्टको निधन भएपछि नगरपालिकाले यो निर्णय गरेको हो।
नगरपालिकाको सूचनाअनुसार नगरभित्रका सबै वडा कार्यालय, स्वास्थ्य संस्था, शिक्षण संस्था र संघसंस्थाहरूमा शोक विदा गरिएको छ।
वेदकोट नगरपालिका–३ स्थित वेदकोट ताल नजिकैको जङ्गलमा बेहोस अवस्थामा फेला परेका वडा अध्यक्ष विष्टको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। उनको बिहिबार महाकालीस्थित भुजेका घाटमा अन्त्येष्टि गरिएको छ।

Discussion about this post