कञ्चनपुर । कञ्चनपुरमा एक दिने नाट्य अभिमुखीकरण कार्यशाला सम्पन्न गरिएको छ। शनिवार महेन्द्रनगर स्थित गल्ली नम्बर ३ मा रहेको टिम एमएनआर डान्स स्टुडियोको हलमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो।
उक्त कार्यक्रमको आयोजना पिवि आर्ट्स एन्ड क्रिएसन्सले गरेको थियो। कञ्चनपुरमा नाटकबारे जानकारी गराउने उद्देश्यले तथा युवाहरूमाझ नाटकको महत्त्व प्रस्तुत गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको पिवि आर्ट्स एन्ड क्रिएसन्सका संस्थापक एवम् नाटक प्रशिक्षक पिङ्की बोहराले जानकारी दिनुभएको छ।
एक दिने नाट्य अभिमुखीकरण कार्यशालामा कञ्चनपुरका अरुण डगौरा, उमाकान्त जोशी, एलिशा अन्सारी, कमल बडुवाल, दिव्यान्श सिंह, ममता पन्त, रक्षा पन्त, विकास पाण्डेय, विवेक भट्ट, सन्जना ओखेडा र शिवानी ओखेडा गरी ११ जना सहभागी भएका थिए।
नाटक प्रशिक्षक बोहराले केही समययता कञ्चनपुरमा नाटक सम्बन्धी कार्यशाला सञ्चालन गर्दै आइरहनुभएको छ। आगामि दिनहरूमा समेत यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने नाटक प्रशिक्षक बोहराले बताउनुभएको छ।