Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेपाल उद्योग व्यापार महासङ्घ कञ्चनपुरको आयोजनामा १५ माघदेखि महेन्द्रनगरको खुला मञ्चमा महोत्सव हुँदै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ १२, २०८१
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । आउँदो मङ्गलवार अर्थात् १५ माघदेखि कञ्चनपुर महेन्द्रनगर खुला मञ्चमा सुदूरपश्चिम कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव सञ्चालन हुने भएको छ । नेपाल उद्योग व्यापार महासङ्घ कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिका ४महेन्द्रनगर खुला मञ्चमा सुदूरपश्चिम कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव सञ्चालन हुने भएको हो ।

‘सांस्कृतिक धार्मिक ऐतिहासिक पर्यटकिय सम्पदाको पहिचान संवृद्ध एव सुसंस्कृत समाज निर्माणमा हाम्रो अभियान’ भन्ने मूल नारा अघि सारेर कञ्चनपुर पर्यटन महोत्सव सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ ।

नेपाल उद्योग व्यापार महासङ्घ कञ्चनपुरका संयोजक ललित परियारको अध्यक्षतामा १ सय२१ मूल आयोजक समिति र विभिन्न १४ उप समिति समेत गठन गरेर मेलाको तयारी गरिरहेका छन । नेपाल उद्योग व्यापार महासङ्घ कञ्चनपुरका संयोजक एव मेला मूल आयोजक समितिका कार्यक्रम संयोजक ललित परियारले मेलाको तयारी तीव्र रूपमा अघि बढेको बताए । उनले कोरोना महामारीपछि थलिएको अर्थतन्त्र सुधार ल्याउनुका साथै आम उद्योगी, व्यवसायी, कृषकले उत्पादन गरेका बस्तु तथा सेवाको बजारीकरण गर्नका लागि महोत्सव आयोजना गरिएको बताए ।

‘जिल्लाको कृषि क्षेत्रको प्रवर्द्धन गर्न तथा आधुनिक कृषि तर्फ कृषकहरूलाई आकर्षित गराई स्थानीय तथा स्वदेशमै उत्पादित बस्तु तथा सेवाको बजार विस्तार गर्ने छौँ, ‘उनले भने, ‘ऐतिहासिक, धार्मिक पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा प्रर्बद्धनमा टेवा पु¥याई निकासी गर्दै स्वदेशी उत्पादनको उपभोग वृद्धि गराउँछौँ ।’

मुलुक आत्मनिर्भर बनाउनका लागि कृषि क्षेत्रको पर्याप्त सम्भावना भएकाले कृषिका बस्तु तथा सेवा उत्पादन गरेर निर्यात गराउने उद्देश्य रहेको उनले बताए । संयोजक परियारका अनुसार लगानी सृजना गर्ने, सहकारी, वित्तीय, कृषि, बैंकिङ्ग, सेवा विस्तार, ग्रामिण बस्तु तथा सेवाको प्रवर्द्धन गर्दै आर्थिक क्रियाकलाप वृद्धि गर्ने बताए । मेलामा लघु उद्यम प्रदर्शन, अटो प्रदर्शन, कृषि प्रदर्शनी, गार्मेन्ट, वैकल्पिक ऊर्जा, गुणस्तरीय दैनिक उपभोग्य सामग्री, विद्युतीय सामग्री, शिक्षा, बाल उद्यान स्वास्थ्य, क्षेत्रका सेवा प्रदर्शनी गरिनेछन् । १५० हाराहारीमा स्टल रहने र छिमेकी मुलुक भारतबाट समेत दर्शक आउने र झन्डै १ लाख दर्शकले मेला अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

सुदूरपश्चिमका थारु पहाडी समुदायका परम्परागत मौलिक खाद्य परिवार, कला एव छुट्टै थारु गाउँ जस्ता स्टल रहनेछन् । मेलाबाट हुने आम्दानी समेत सामाजिक कार्यमा खर्च गरिने जनाएको छ । संयोजक परियारका अनुसार भीनपा ८ तिलाचौरमा नेपाल आमाको मूर्ति निर्माणका लागि सहयोगार्थ प्रति टिकटमा २, नेपाल पत्रकार महासङ्घ शाखा कञ्चनपुरको अक्षयकोष स्थापनार्थका लागि पनि २ रुपैयाँ र समाज कल्याण बाल अनाथालयमा सहयोगार्थका लागि प्रति टिकेटमा १ रुपैयाँ छुट्याईने छ  । ‘हामीले साधारण टिकेट तर्फ यस्तो सामाजिक सेवा गर्ने निर्णय गरेका छौँ, ‘उनले भने, ‘यो सम्भवतः सामाजिक क्षेत्रको एक उदाहरणीय बन्नेछ ।’ मेला महोत्सव आर्थिक कारोबार, मनोरञ्जन गर्नका लागि मात्रै नभई सामाजिक सेवाका लागि समेत रहेको उनले बताए ।

मेलामा जिल्लाभरीका अन्तर विद्यालयका विद्यार्थीबिच नृत्य प्रतिस्पर्धा समेत गराइने छ । प्रथम हुने विद्यालयलाई नगद १०, द्वितीयलाई ७ र तृतीयलाई ३ हजार रुपैयाँ सहित प्रमाण पत्र प्रदान गरिनेछ । ‘मेलामा हामीले विद्यार्थीको नियमित पढाइका अतिरिक्त कला पहिचान एव प्रदर्शन गर्ने थलोका रूपमा समेत लिएका छौँ, ‘उनले भने, ‘महोत्सवको चौतर्फी आयाम छन् ।’ मेला महोत्सव सांस्कृतिक संयोजक करन पालले स्थानीय एव राष्ट्रिय कलाकारबाट समेत सांस्कृतिक कार्यक्रम प्रदर्शनी गरिनेछ । ओझेलमा परेको कलादेखि चर्चामा आएका सबै स्थानीय एव राष्ट्रिय कालाकारहरूलाई स्थान दिइने उनले बताए । उनले महोत्सवकै अवधिमा सामाजिक काम गर्दै उद्घाटनका दिनदेखि हरेक दिन सुदूरपश्चिमको लोक संस्कृति कला झल्किने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ ।

नेपाल उद्योग व्यापार महासङ्घ सुदूरपश्चिम प्रदेशका महासचिव शिवराज पनेरुले पछिल्ला बर्सहरूमा थालिरहेको आर्थिक कारोबार मेला, महोत्सवका माध्यमबाट समेत अघि बढाइन लागेको बताए । ‘हाम्रा स्थानीय एव स्वदेश बस्तु तथा सेवा मेलाका माध्यमबाट प्रदर्शनी गर्ने, बिक्री वितरणदेखि प्रवर्द्धन गर्ने हो, ‘महासचिव पनेरुले भने, ‘जसका कारण पनि हाम्रा उत्पादक किसानदेखि उद्योगी, व्यवसायी प्रोत्साहित हुन्छन् ।’ १०माघदेखि २६सम्म सञ्चालन हुने महोत्सवमा विद्यार्थी सहुलियत तर्फ ४० र साधारण तर्फ ८० रुपैयाँ कायम गरिएको छ । भने, अति अशक्त, ज्येष्ठ नागरिकहरूको हकमा समेत भारी छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई उद्योग परिसङ्घकाे सुझाव

मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई उद्योग परिसङ्घकाे सुझाव

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३
अमेरिकामा पुर्‍याइएका नेपालका दुई ऐतिहासिक मूर्ति पुनः नेपाललाई फिर्ता

अमेरिकामा पुर्‍याइएका नेपालका दुई ऐतिहासिक मूर्ति पुनः नेपाललाई फिर्ता

असार १०, २०८३
विश्वकप २०२६ : नेयमार स्कटल्यान्डविरुद्ध ९० मिनेट पूरा खेल्ने तयारीमा

विश्वकप २०२६ : नेयमार स्कटल्यान्डविरुद्ध ९० मिनेट पूरा खेल्ने तयारीमा

असार १०, २०८३
न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरूको इमानदारितामा निर्भर हुन्छ : हरि फुयाँल

न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरूको इमानदारितामा निर्भर हुन्छ : हरि फुयाँल

असार १०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व