सहरको सफरमा सयौं जिन्दगी दैनिक हुन्छन्
उदासी चेहरा थकित मुहार अत्यधिक हुन्छन्
जब सारा मान्छे देखिन्छ नाङ्गै नाचेको सोच्छु
समाजमा बसेका मान्छे असामाजिक हुन्छन्
आफन्त मानेर बस्छन् कयौं जिन्दगी थाहा छ
आफन्तले दिने अचेल कस्ता आसिक हुन्छन्
तिमीबाट पनि के आशा गर्नु थाहा छ मलाई
कसरी दास हुन्छन् र कसरी मालिक हुन्छन्