Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सेवा प्रवाहलाई सरल र प्रभावकारी बनाउन सरकार लागिपरेको छ: उद्योग मन्त्री भण्डारी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ १, २०८१
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठ्माण्डौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले वर्तमान सरकार सेवा प्रवाहको अवस्थालाई थप प्रभावकारी बनाउने तर्फ केन्द्रित भएको बताउनुभएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारण सभामा बोल्दै उहाँले सेवाग्राहीको फाइल कर्मचारीको टेबुलमा थन्किने स्थितिको अन्त्य गर्नुपर्ने बताउनुभयो ।


उहाँले भन्नुभयो ‘अबको सेवा प्रवाहको अवस्था जनताले तत्कालै महसुस गर्ने आधारको हुनुपर्छ । टेबुलका घर्राहरूमा फाइल रोकेर राख्ने, हस्ताक्षर गर्दा हात काँप्ने अवस्थाको अन्त्य गर्दै सेवा प्रवाहलाई जबाफदेही र जिम्मेवार बनाउनुपर्छ । त्यसका लागि राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व दुवै जिम्मेवार बन्नुपर्नेछ । सरकार अहिले नीतिगत सुधारमा लागेको छ ।’
मन्त्री भण्डारीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले भन्नुभयो, ‘नेपालको संविधानले खाद्य सम्प्रभुताको अधिकारलाई मौलिक हकको रूपमा स्थापित गरेको छ । यस सन्दर्भमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको भूमिका अत्यन्त महत्त्वपूर्ण छ । आर्थिक वर्ष २०७८÷७९ को तथ्याङ्क हेर्दा नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २७ प्रतिशत छ । तर खाद्यान्न आयातमा वार्षिक करिब २ खर्ब रुपैयाँ खर्च भइरहेको छ । यो चुनौतीपूर्ण अवस्थालाई सम्बोधन गर्न हाम्रो कम्पनीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै आएको छ । दुर्गम क्षेत्रमा खाद्यान्न आपूर्तिको सुनिश्चितता गर्ने हाम्रो प्रमुख जिम्मेवारी हो ।

हाल कम्पनीले २५ जिल्लामा आफ्ना डिपो र बिक्री केन्द्रहरू मार्फत सेवा प्रदान गरिरहेको छ । आगामी वर्षभित्र यसलाई ४० जिल्लामा विस्तार गर्ने हाम्रो लक्ष्य रहेको छ । कम्पनीले व्यापारको दायरा बढाउनु पर्ने छ । पूर्ण सरकारी स्वामित्वमा सञ्चालित यस कम्पनीको प्रभावकारीता वृद्धि गर्दै सूचना प्रविधिको प्रयोग गरी खाद्यान्न व्यवस्थापन र वितरण प्रणालीलाई थप चुस्त र पारदर्शी बनाउनुपर्छ ।’


बजारमा अस्वाभाविक मूल्यवृद्धि हुन नदिन नियमित रूपमा बफर स्टक कायम गरी आवश्यकता अनुसार बजार हस्तक्षेप गर्दै आएको मन्त्री भण्डारीको भनाई छ । खाद्य सुरक्षाको क्षेत्रमा क्षेत्रीय सहकार्य बढाउन प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले गुणस्तर र खाद्य सुरक्षाको क्षेत्रमा लिमिटेडले विशेष ध्यान दिएको बताउनुभयो । उहाँले सबै गोदाम र प्रशोधन केन्द्रहरूमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको गुणस्तर परीक्षण प्रणाली स्थापना गरिएको बताउनुभयो । कम्पनीको आर्थिक अवस्था क्रमशः सुदृढ हुँदै गएको उहाँको भनाई छ ।

विश्वव्यापी महामारी र जलवायु परिवर्तनको प्रभावले खाद्य सुरक्षामा नयाँ चुनौती थपिएको बताउनुभयो । यसका साथै बढ्दो सहरीकरण र बदलिँदो खाद्य व्यवहारले पनि नयाँ माग र आवश्यकताहरू सिर्जना गरेको उहाँको भनाई छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सेवा क्षेत्र वृद्धि गरी सबै जनतामा सुलभ सेवा विस्तार गर्नुपर्नेमा कम्पनीका अध्यक्ष तथा मन्त्रालयका सचिव गोविन्द बहादुर कार्कीको भनाई छ । उहाँले यस कम्पनीले खाद्यान्न बाहेकका उपभोग्य बस्तुहरू समेत खरिद बिक्री गर्नुपर्नेमा जोड दिनुभयो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

३८ वर्षको उमेरमा पूरा भयो परि विकको गायक बन्ने सपना, सार्वजनिक गरे पहिलो देउडा गीत
फ्ल्यास हेडिङ

३८ वर्षको उमेरमा पूरा भयो परि विकको गायक बन्ने सपना, सार्वजनिक गरे पहिलो देउडा गीत

कार्तिक १९, २०८३
विजयादशमीमा प्रधानमन्त्रीको सन्देश: भ्रष्टाचार र कुशासन अन्त्य गर्न एकजुट हुन आह्वान
फ्ल्यास हेडिङ

विजयादशमीमा प्रधानमन्त्रीको सन्देश: भ्रष्टाचार र कुशासन अन्त्य गर्न एकजुट हुन आह्वान

कार्तिक ४, २०८३
गड्डाचौकी नाकामा तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरीको चेकजाँच
फ्ल्यास हेडिङ

गड्डाचौकी नाकामा तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरीको चेकजाँच

अशोज ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विराटनगरसँग हार्दै पोखरा प्लेअफबाट बाहिरियो

विराटनगरसँग हार्दै पोखरा प्लेअफबाट बाहिरियो

कार्तिक २६, २०८३
हिमाली संरक्षणका लागि नेपालको विश्वसँग आग्रह

हिमाली संरक्षणका लागि नेपालको विश्वसँग आग्रह

कार्तिक २६, २०८३
बाढीपछि गोसाइँकुण्डमा फर्कियो पर्यटकीय रौनक

बाढीपछि गोसाइँकुण्डमा फर्कियो पर्यटकीय रौनक

कार्तिक २६, २०८३
एनपीएल : पावरप्लेमा पोखराले गुमायो दुई विकेट, बनायो ४६ रन

एनपीएल : पावरप्लेमा पोखराले गुमायो दुई विकेट, बनायो ४६ रन

कार्तिक २६, २०८३
जलवायु परिवर्तनविरुद्ध विश्वव्यापी सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

जलवायु परिवर्तनविरुद्ध विश्वव्यापी सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

कार्तिक २६, २०८३
बिर्सने रोगको जोखिम पत्ता लगाउन बेलायतमा एआई अनुसन्धान केन्द्र खुल्दै

बिर्सने रोगको जोखिम पत्ता लगाउन बेलायतमा एआई अनुसन्धान केन्द्र खुल्दै

कार्तिक २६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व