सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एन-प्याब्सन खेलकुद महोत्सवको पहिलो दिन : कुन कुन खेलमा, कसले जिते स्वर्ण ?

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगर स्थित कभर्ड हलमा जारी १७ औं एन-प्याब्सन खेलकुद महोत्सवमा पहिलो दिन माध्यमिक र आधारभूत तहमा विभिन्न खेलहरू सम्पन्न भएका छन्।

प्रतियोगिताको पहिलो दिन माध्यमिक र आधारभूत तहमा लङ्ग जम्प, सट पुट, १०० मिटर दौड र  ४ सय मिटर दौड तथा भलिबल लगायतका खेलहरू हिड राउन्डमा भएका छन्। त्यसैगरी लङ जम्प सम्पन्न भएर मेडल समेत वितरण गरिएको आयोजकले जनाएको छ।

Mahakali Polytechnic

जसबाट माध्यमिक तह ‘क’ अन्तर्गत छात्रतर्फको लङ जम्पमा सञ्जीवनी शुक्लाफाँटाका अनीश सुनार प्रथम, ग्वाल्लेकका सुभास सिंह द्वितीय र फ्लोरिडाका असिम ऐडी तृतीय भएका छन भने छात्रातर्फको लङ जम्पमा डायमन्ड स्कुलकी यमुना बम प्रथम, लिटिल बुद्ध एकेडेमीकी प्रीति विष्ट द्वितीय र अनिरुद्रकी निशा ऐर तृतीय भएकी छन्।

World Link Ads

Sana Kishan

माध्यमिक तह ‘ख’ अन्तर्गत छात्रतर्फको लङ जम्पमा लिटिल बुद्ध एकेडेमीका पुकार चन्द प्रथम, रेडियन्टका रिसभ कोहली द्वितीय र जनज्योतिका आकाश डगौरा तृतीय भएका छन् भने छात्रातर्फको लङ जम्पमा सार्क स्कुलकी निर्जला साउद प्रथम, मर्निङ ग्लोरीकी बिपना बोहरा द्वितीय र एपेक्सकी आशिका धामी तृतीय भएकी छन्। त्यसैगरी आधारभुत तह ‘क’ न्तर्गत छात्रतर्फको लङ जम्पमा ग्वाल्लेकका समिर सुनार प्रथम, अनिरुद्रका मिलन साउद द्वितीय र गोल्डेन फ्युचरका बिकास महरा तृतिय भएका छन् भने छात्रातर्फको लङ जम्पमा फ्लोरिडाकी संध्या एसके प्रथम, लालिगुँरासकी सरस्वती विष्ट द्वितीय र जनज्योतिकी सना चौधरी तृतिय भएकी छन्।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) कञ्चनपुरको आयोजनामा खेल महोत्सव सुरु भएको हो। खेल महोत्सवको  नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले शुक्रवार  उद्घाटन गर्नु भएको थियो।

प्रतियोगिता आधारभूत तह क (कक्षा १-५), आधारभूत तह ख (कक्षा ६-८) तथा माध्यमिक तह क (कक्षा ९-१०) र माध्यमिक तह ख (कक्षा ११-१२) गरी  चार तहमा  सञ्चालन हुँदै छ । जसमा छात्र, छात्रा बिच लङ जम्प, हाई जम्प, सर्ट फुट, भलिबल, १ सय, २ सय ४ सय मिटर दौड जस्ता खेलहरूमा प्रतिस्पर्धा हुँदै छ। खेलकुद महोत्सवमा ५२ स्वर्ण, ५२ रजत र ६६ कांस्य पदकका लागि खेलाडीहरूबिच प्रतिस्पर्धा  हुने आयोजकले जनाएको छ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds