उठ्नुस् अलि उँचो भै मान्छे भएर हेर्नुस्
एक-पल्ट आफू-भित्र भित्रै गएर हेर्नुस्
हिड्ने खुट्टा दुबै छन् छन् चाल चार जस्तै
एकबार आफ्नै दुई खुट्टामा अडिएर हेर्नुस्
केही हुँदैन जीवन सब व्यर्थका कहानी
के हुन्छ ? सत्य बुझ्न आफैँ पढेर हेर्नुस्
उड्छौ कहाँ कहाँ खै खुट्टा आकाशमा छ
पसिना बगाऊ थोरै केही श्रम गरेर हेर्नुस्
को गर्छ? प्रेम व्यर्थै मान्छे भएर मान्छे
गर्छन् अनेक नाटक छेउमै बसेर हेर्नुस्









Discussion about this post