कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ११ महाकाली नदी किनारमा रहेको पवित्र धार्मिक स्थल रामेश्वर घाटमा स्थापित नवनिर्मित रामेश्वर मन्दिरमा मूर्ति स्थापना गरेर प्राण प्रतिष्ठा गरिएको छ ।
मङ्गलवार आयोजित एक कार्यक्रमकाबीच मन्दिरमा भगवान् शिव र पार्वतीको मूर्ति स्थापना गरेर प्राण प्रतिष्ठा गरिएको हो।
माघे सङ्क्रान्तिको अवसरमा नवनिर्मित रामेश्वर मन्दिरको प्राण प्रतिष्ठा गरिएको भीमदत्त ११ का वडा अध्यक्ष प्रकाश थापाले बताउनुभएको छ। साथै उहाँले मन्दिर निर्माण गर्न सहयोग गर्नुहुने सम्पूर्णप्रति आभार समेत व्यक्त गर्नुभएको छ।
