Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेशनल प्याब्सन कञ्चनपुरले आयोजना गरेको खेल महोत्सव सम्पन्न

प्रकाश भट्ट by प्रकाश भट्ट
२०८१ माघ १, मंगलवार ०७:४३
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) कञ्चनपुरको आयोजना गरेको एनप्याब्सन खेलकुद महोत्सव २०८१ सम्पन्न भएको छ। पुस गते २६ देखि पुस २९ गते सम्म चलेको नेशनल प्याब्सन जिल्ला स्तरीय खेल महोत्सवको शुक्रवार जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहराको प्रमुख आतिथ्यमा समापन गरिएको छ।

प्रतियोगिताबाट रोजी एक्सक्लुसिभ स्कुल प्रथम हुन सफल भएको छ।रोजी स्कुल ७ स्वर्ण, ७ रजत र ५ कांस्य पदक जितेर प्रथम स्थान हासिल गर्न सफल भएको हो। त्यसैगरी लिटिल बुद्ध एकेडेमी द्वितीय भएको छ। लिटिल बुद्ध एकेडेमीले ७ स्वर्ण, ६ रजत र ५ कांस्य पदक प्राप्त गरेको छ भने तृतीय हुन सफल अनिरुद्र स्कुलले ६ स्वर्ण, ८ रजत, ९ कांस्य पदक प्राप्त गरेको छ। सान्तव्ना स्थान प्राप्त गरेको अनुपमले ५ स्वर्ण र १ रजत पदक प्राप्त गरेको छ।

प्रतियोगिता आधारभूत तह क (कक्षा १-५), आधारभूत तह ख (कक्षा ६-८) तथा माध्यमिक तह क (कक्षा ९-१०) र माध्यमिक तह ख (कक्षा ११-१२) गरी चार तहमा सञ्चालन गरिएको थियो।जसमा छात्र, छात्रा बिच लङ जम्प, हाई जम्प, सर्ट फुट, भलिबल, १ सय, २ सय ४ सय मिटर दौड जस्ता खेलहरूमा प्रतिस्पर्धा भएको थियो।खेलकुद महोत्सवमा ५२ स्वर्ण, ५२ रजत र ६६ कांस्य पदकका लागि खेलाडीहरूबिच प्रतिस्पर्धा गरेका थिए।

आधारभुत तह ‘क’ बाट रोजी एक्सक्लुसिभ प्रथम, गोल्डेन फ्युचर द्वितीय र अनुपम तृतीय हुन सफल भएको छ भने फ्लोरिडा स्कुलले सानतव्ना स्थान प्राप्त गरेको छ। आधारभुत तह आधारभुत तह ‘ख’ बाट अनुपम स्कुल प्रथम, सार्क स्कुल द्वितीय भएको छ भने अनिरुद्र, एपेक्स र ज्योति स्कुलले तृतीय स्थान हात पारेको छ।

त्यसैगरी माध्यमिक तह ‘क’ बाट डायमन्ड स्कुल प्रथम, अनिरुद्र स्कुल द्वितीय, रोजी एक्सक्लुसिभ स्कुल तृतीय भएको छ भने सञ्जीवनी शुक्लाफाँटाले सान्त्वना स्थान प्राप्त गरेको छ।माध्यमिक तह ‘ख’ बाट लिटिल बुद्ध ऐकेडेमी प्रथम, अनिरुद्र स्कुल द्वितीय, रोजी एक्सक्लुसिभ तृतीय र सार्क स्कुलले सान्त्वना स्थान प्राप्त गरेको छ।

खेल महोत्सवमा २ हजार विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए। जसमध्ये ३५६ खेलाडी विभिन्न खेल विधामा पुरस्कृत भएका छन्। ५७ विद्यालय खेल महोत्सवमा सहभागी भएका थिए।

त्यसैगरी प्रतियोगिताबाट माध्यमिक तह ‘ख’ छात्रा भलिबल तर्फ जनज्योति माध्यमिक विद्यालयकी बन्दना बोहरा उत्कृष्ट खेलाडी घोषित भएकी छन्। माध्यमिक तह ‘ख’ छात्र भलिबल तर्फ रोजी एक्सक्लुसिभका विजय महत उत्कृष्ट खेलाडी घोषित भएका छन्। माध्यमिक तह ‘क’ छात्रा भलिबल तर्फ लिटिल बुद्ध एकेडेमीकी देबकी भट्ट उत्कृष्ट खेलडी घोषित भएकी छन्।माध्यमिक तह ‘क’ छात्र भलिबलतर्फ डायमन्ड स्कुलका जनक सिहं बोहरा उत्कृष्ट खेलाडी घोषित भएका छन्।

खेल महोत्सवमा छात्रातर्फ समीक्षा भण्डारी उत्कृष्ट एथलेटिक्स घोषित भएकी छन् भने छात्रतर्फ लिटिल बुद्ध एकेडेमीका पुकार चन्द उत्कृष्ट एथलेटिक्स घोषित भएका छन्।

विद्यार्थीहरूको अन्तर्निहित प्रतिभालाई बाहिर ल्याउने उद्देश्यले नेशनल प्याब्सन कञ्चनपुरले प्रत्येक वर्ष खेल महोत्सव आयोजना गर्दै आइरहेको नेशनल प्याबसन कञ्चनपुरका सहसचिव सुरेन्द्र राज जोशीले बताएका छन्। प्रत्येक वर्ष विद्यार्थीहरू विभिन्न खेल विधामा सहभागी हुने गरेको उनले बताए।

अहिलेको समयमा युवा पुस्ता लागू औषधको चपेटमा देखिन्छ तर यस्ता खेल महोत्सव तथा प्रतियोगिताहरूले विद्यार्थीलाई लागू औषधबाट टाढा रहन समेत मद्द गर्ने नेशनल प्याब्सन कञ्चनपुरका अध्यक्ष सत्येश बहादुर चन्दको भनाइ रहेको छ।

महेन्द्रनगरस्थित कभर्ड हलमा सञ्चालन गरिएको समापन कार्यक्रमको सञ्चालन नेशनल प्याब्सन कञ्चनपुरका वरिष्ठ उपाध्यक्ष बलदेव भट्टले गरेका थिए। प्रत्येक वर्ष आयोजना हुने खेल महोत्सवले खेलाडी विद्यार्थीहरूलाई हौसला र प्रोत्साहन दिने कार्य गरिरहेको नेशनल प्याब्सन कञ्चनपुरका सचिव कुबेर खड्काले बताएका छन्।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

नेपाल फर्किन पाउँदा अत्यन्त उत्साहित छु : एन्ड्र्यू लियोनर्ड
खेलकुद

नेपाल फर्किन पाउँदा अत्यन्त उत्साहित छु : एन्ड्र्यू लियोनर्ड

२०८१ माघ १, मंगलवार ०७:४३
एनपीएल हेर्न साधारणतर्फ ५ सयदेखि २ हजार र सबै खेल हेर्न १५ हजार रुपैयाँमा पास पाइने
खेलकुद

एनपीएल हेर्न साधारणतर्फ ५ सयदेखि २ हजार र सबै खेल हेर्न १५ हजार रुपैयाँमा पास पाइने

२०८१ माघ १, मंगलवार ०७:४३
वेदकोट-९ ले जित्यो मेयर कपको उपाधि, खेलकुद विकासमा नगरपालिकाको निरन्तरता
खेलकुद

वेदकोट-९ ले जित्यो मेयर कपको उपाधि, खेलकुद विकासमा नगरपालिकाको निरन्तरता

२०८१ माघ १, मंगलवार ०७:४३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

केही ठाउँको मौसम आंशिक बदली

देशभरको मौसम सफा, चिसो बढ्दै

२०८१ माघ १, मंगलवार ०७:४३
कञ्चनपुरमा बौद्धिक अपाङ्गता भएका बालबालिका तथा व्यक्तिहरूका लागि अध्ययन–अवलोकन कार्यक्रम

कञ्चनपुरमा बौद्धिक अपाङ्गता भएका बालबालिका तथा व्यक्तिहरूका लागि अध्ययन–अवलोकन कार्यक्रम

२०८१ माघ १, मंगलवार ०७:४३
कति छ आज विदेशी मुद्राको विनिमयदर ?

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, कुनको मूल्य कति ?

२०८१ माघ १, मंगलवार ०७:४३
साउन २९ गते बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

कार्तिक ३० गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

२०८१ माघ १, मंगलवार ०७:४३
मानव कल्याण नै ठूलो धर्मः प्रदेश प्रमुख भट्ट

मानव कल्याण नै ठूलो धर्मः प्रदेश प्रमुख भट्ट

२०८१ माघ १, मंगलवार ०७:४३
नेपाल फर्किन पाउँदा अत्यन्त उत्साहित छु : एन्ड्र्यू लियोनर्ड

नेपाल फर्किन पाउँदा अत्यन्त उत्साहित छु : एन्ड्र्यू लियोनर्ड

२०८१ माघ १, मंगलवार ०७:४३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व