सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

राष्ट्रिय निर्माण दिवस कञ्चनपुरमा विविध कार्यक्रम गरेर मनाइने 

कञ्चनपुर । यस वर्ष कञ्चनपुरमा राष्ट्रिय निर्माण दिवस विविध कार्यक्रम गरेर मनाइने भएको छ । निर्माण व्यवसायी संघ कञ्चनपुरले १६ औँ राष्ट्रिय निर्माण दिवस ०८० विविध कार्यक्रम गरेर मनाउन लागेको हो ।  निर्माण व्यवसायी सघ कञ्चनपुरले शुक्रबार संघमै पत्रकार सम्मेलन गरेर २२ मङ्सिरमा विविध कार्यक्रम र त्यसको पूर्व सन्ध्यामा समाजिक कार्य गरेर दिवस मनाउने जनाएको छ । निर्माण व्यवसायी संघका अध्यक्ष निरञ्जन प्रसाद भट्टले राष्ट्रिय निर्माण दिवसमा कार्यालयमा राष्ट्रिय झण्डात्तोलन गर्दै बजारमा ¥याली प्रभातफेरी सहितका कार्यक्रम गरेर मनाउने बताए । 

आर्थिक सङ्कटका कारण पनि निर्माण व्यवसायी दिवसलाई यस वर्षपनि विगतका वर्षहरू जस्तै समाजिक कार्य गर्ने जनाएको छ । संघका अध्यक्ष भट्टले दिवसमा माध्यामिक स्तरमा हाजिरजवाफ प्रतियोगिता आयोजना गरिने बताए । भीमदत्त नगरपालिका १८ गोबरैयामा रहेको निङ्गलाशैनी माध्यामिक विद्यालयको प्राङ्गणमा हाजिरजवाफ प्रतियोगिता हुने अध्यक्ष भट्टले बताए ।

सामुदायिक विद्यालयका विद्यार्थी सहभागि गराउने बताउँदै अध्यक्ष भट्टले प्रथम, द्वितिय, तृतीय एव सान्त्वना टिमलाई क्रमश २१ हजार १११,१५ हजार १११,५ हजार १११ नगद ट्रफी, प्रमाण पत्र प्रदान गरिने छ । प्रति टिममा १ जना अनिवार्य छात्रा हुनुपर्ने प्रावधान राखेको छ । हाजिरी जवाफ प्रतियोगितामा सहभागिताका लागि जिल्लाभरीका सामुदायिक विद्यालयलाई १८ मङ्सिरसम्म टिम दर्ताका लागि आव्हान गरेको छ । ‘यस वर्ष हामीले सामुदायिक विद्यालयको शैक्षिक स्तर वृद्धि विद्यार्थीको प्रतिभा प्रस्फुटनदेखि उत्साहका लागि यो कार्यक्रम राखेका छौँ, ‘उनले भने, ‘समाजिक काम हाम्रो दायित्व पनि हो ।’ दिवस सम्पन्न गर्नका लागि सिङ्गो निर्माण व्यवसायी खटिएको अध्यक्ष भट्टले बताए । 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.