सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

लागू औषध नियन्त्रण ब्युरोका विष्ट सहितका पाँच प्रहरी सम्मानित

कञ्चनपुर । सुदूर पश्चिममा लागू औषध नियन्त्रणको क्षेत्रमा प्रभावकारी भूमिका खेल्दै आएका कञ्चनपुर लागू औषध नियन्त्रण ब्युरोका प्रहरी हवल्दार पदम सिंह बिष्ट सहित देशभरबाट पाँच जना प्रहरी पुरस्कृत भएका छन । लागू औषध नियन्त्रणको क्षेत्रमा लामो समय देखि काम गर्दै आएका कञ्चनपुरका प्रहरी हवल्दार बिष्ट सहित पाँच जना प्रहरीलाई लागू औषध नियन्त्रण ब्युरोले पुरस्कृत गरेको हो ।

Sana Kishan

लागू औषध नियन्त्रणमा उत्कृष्ट एवं प्रशंसनीय काम गरेको हुँदा पाँच जना प्रहरीहरूलाई पुरस्कृत गरिएको नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरोले जनाएको छ ।इलाका प्रहरी कार्यालय गड्डाचौकी कञ्चनपुरमा दरबन्दी रहेका प्रहरी हवल्दार विष्टलाई नौ सय रुपैयाँ पुरस्कार सहित सम्मान गरिएको हो । उनी लागूऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय महेन्द्रनगरमा कार्यरत छन ।

उनीसँगै प्रहरी वरिष्ठ हवल्दार नवराज घिमिरे, प्रहरी हवल्दार जयसी प्रसाद यादव, रामजी लम्साल र सचिदान्द विश्वासलाई समेत पुरस्कृत गरिएको छ । सङ्गठनले कामको मुल्याङ्गकन गरिएको भन्दै उनीहरूले थप आगामी दिनमा समेत काममा उत्साह थपेको बताएका छन ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.