सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

निषेधाज्ञाको समयमा आबश्यक सहयोग र समन्वय गर्न प्रशासनको अनुरोध !!

बैतडी– जिल्ला प्रशासन कार्यालय बैतडीले निषेधाज्ञाको समयमा आबश्यक सहयोग र समन्वय गर्न जिल्लाका बिभिन्न सरोकारवाला निकायहरुलाई अनुरोध गरेको छ ।

बिहिबार एक सुचना जारी गर्दै दोस्रो चरणमा जारी गरिएको निषेधाज्ञा अवधि भर यात्रा नगर्न÷नगराउन सम्बन्धि सवारी भनी र सर्ब साधारण नागरिकहरुलाई जानकारी गराउन, अत्याबश्यक बाहेकका कामका लागी जिल्लामा प्रबेशका लागी अनुमति नदिन र जिल्ला प्रबेश गर्ने नागरिकहरुलाई कम्तिमा १० दिन होम क्वारेन्टिनमा राख्नु पर्ने पत्रमा उल्लेख गरिएको छ ।

Sana Kishan

साथै दिईएका कुनै पनी अनुमतीहरुको बिबरण जिल्ला प्रशासन कार्यालयमा बुझाउन पनी आग्रह गरिएको छ ।पहिलो चरणको निषेधाज्ञा सकिए लगत्तै जेठ २ गते राति १२ बजेदेखि जेठ १७ गते राति १२ बजेसम्मका लागी दोस्रो चरणको निषेधाज्ञा जारी छ ।

World Link Ads
Mahakali Polytechnic

जिल्लाका १० वटै स्थानिय तह, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल ५१ नम्बर हेड क्वाटर, हनुमान ध्वज गुल्म, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, जिल्ला अस्पताल बैतडीलाई र स्वास्थ्य कार्यालय बैतडीलाई पत्र मार्फत बोधार्थ गरिएको छ ।

Dirghayu Ads

(रेडियो बैतडीबाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.