बैतडी । बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिका ४ मा रहेको प्रसिद्ध शक्तिपीठ कैलपाल मन्दिरमा लाग्ने धुरा जात सम्पन्न भएको छ। कैलपाल धुरा मन्दिरमा हरेक वर्ष मंसिर कृष्ण पक्षको षष्ठी र सप्तमी तिथिमा मेला लाग्ने गरेको कैलपाल मन्दिरका पुजारी चन्द्रदेव भट्टले जानकारी दिएका छन्।
मेलाको पहिलो दिनलाई रतेडी र दोस्रो दिनलाई दिउसेडी मेला भनिने गरेको पुजारी भट्टले बताए। उनले भने ‘मेलाको पहिलो दिनलाई रतेडी र दो्स्रो दिनलाई दिउसेडी मेला भनिने गरिन्छ।’ जात्रामा छिमेकी राष्ट्र भारतबाट समेत हजारौं दर्शनार्थीहरू पुग्ने गरेका पुजारी भट्टको भनाई रहेको छ।