सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सिद्धेश्वर माध्यमिक र शिगास माध्यमिक विद्यालयको शैक्षिक अवलोकन भ्रमण सम्पन्न

बैतडी । बैतडी जिल्लाको पाटन नगरपालिका वडा नम्बर ३ मा रहेको श्री शिगास माध्यमिक विद्यालय र पाटन नगरपालिकाकै वडा नम्बर ९ मा रहेको श्री सिद्धेश्वर माध्यमिक विद्यालय दुबै विद्यालयको संयुक्त रुपमा गरिएको एक हप्ते शैक्षिक अवलोकन भ्रमण सम्पन्न भएको छ । विद्यालयको वार्षिक शैक्षिक क्यालेण्डर २०८० अनुसार मंसिर १६ देखि २२ गते सम्म रहेको सिकाई आदान प्रदान एवम् क्षमता विकासका लागि ६ वटा प्रदेशका २५ वटा भन्दा बढी जिल्लाहरुको शैक्षिक अवलोकन भ्रमण गरिएको छ ।

भ्रमणको क्रममा विभिन्न जिल्लामा रहेका पर्यटकीय स्थल, धार्मीक स्थल, औद्योगिक क्षेत्र नमुना विद्यालय लगायतका क्षेत्रहरुको भ्रमण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिंह भाटले जानकारी दिएका छन्।

World Link Ads
Mahakali Polytechnic

दुवै विद्यालयको विद्यालय व्यस्थापन समितिको अध्यक्ष एकै व्यक्ति रहकोहुदा विद्यालयहरुको वार्षिक शैक्षिक पात्रो निर्माण गर्दा संग संगै भ्रमण गर्ने गरेर कार्य योनजा बनाएको, विद्यालय सेवा क्षेत्र पनी संग संगै रहेको र सिद्धेश्वर मावि तहगत रुपमा फिडर विद्यालय भएकाले संयुक्त रुपमा भ्रमण गरिएको शिगास माविका प्रधानाध्यापक मान बहादुर चन्दले बताएका छन्।

Dirghayu Ads

Sana Kishan

सिद्धेश्वर माविले हरेक वर्ष शैक्षिक अवलोकन भ्रमण गर्दै आईरहेको र यस वर्ष दुबै विद्यालय मिलेर सयुक्त रुपमा भ्रमण गरेको हुदा अझै रमाईलो भएको सिद्धेश्वर माविका प्रधानाध्यापक गणेश प्रसाद भट्टले जानकारी दिएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भाटको संयोजकत्वमा रहेको भ्रमण टोलीमा विद्यालयका अभिभावक, शिक्षक र विद्यार्थी गरेर १३० जनाको सहभागिता रहेको थियो । दुबै विद्यालयबाट तिन वटा एसि डिलक्स गाडीहरु रिजर्व गरेर लगेको र भ्रमणका क्रममा गोदावरी, घोडाघोडीताल, कर्णाली पुल, कर्णाली नदी, लुम्बिनी, जनकपुर धाम, ईलाम लगायतका क्षेत्रहरु सहित केहि नमुना विद्यालयहरुको अवलोकन गरिएको अध्यक्ष भाटले बताएका छन्।

शिगास मावि संग धेरै घुलमिल नभएको हुदाँ दुबै विद्यालयको सयुक्त रुपमा भ्रमण हुन्छ भन्ने खबर सुन्दा कता कता मनमा पिर परिरहेको तर भ्रमण गर्दा शिगास माविका सबै शिक्षक, शिक्षिका विद्यार्थी र अभिभावकहरु सारै मिलनसार, सहयोगी, ईमान्दार रहेकाले झनै रमाईलो भएको सिद्धेश्वर मावि कक्षा १० मा अध्ययनरत छात्रा बर्षा भाटको भनाई रहेको छ। भ्रमणका क्रममा नयाँ नयाँ ठाउँ हेर्नु पाएको, नयाँ कुराहरु सिक्नु पाएको, भ्रमण संग संगै पिकनिकका रुपमा समूहमा खाना आफै बनाउने मन परेको खाना खानु पाइने भएकाले भ्रमण अझै स्मरणीय र उत्साहजनक रहेको छात्रा बर्षा भाटले बताईन ।

शैक्षिक क्षेत्रमा असल अभ्यासहरु अंगाल्दै आईरहेका यि विद्यालयहरु बाट अन्य विद्यालयहरुले पनी केहि असल कार्यहरु सिकेर अगाडी बढन सके पकै पनी बालबालिकाहरुको क्षमता विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । भ्रमण टोलीमा रहेका सबै आज शनिवार घर पुगेका छन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.