सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

त्रिपुरासुन्दरी मन्दिरमा जात्रा सम्पन्न 

केशव थापा, बैतडी ।  बैतडीको दशरथचन्द नगरपालिका ८ मा अवस्थित प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा लागेको जात्रा सम्पन्न भएको छ । मंगलबारदेखि शुरु भएको जात्रा बुधबार पशुबलिसहित सम्पन्न भएको  हो । हरेक बर्ष कार्तिक शुक्ल अष्टमी र नवमीका दिन त्रिपुरासुन्दरीमा ठूलो जात्रा लाग्ने गर्दछ । यो जात्रामा नेपालका साथै सीमावर्ती भारतीय दर्शनार्थीहरुको समेत सहभागिता रहेको   त्रिपुरासुन्दरी मन्दिर सेवा समितिका अध्यक्ष गणेशसिंह थापाले बताए।

Sana Kishan

जात्रामा ५६ राँगा र त्यत्तिकै संख्यामा बोकाको बलि दिइएको छ । परम्परा अनुसार बलि दिने गरिएको छ । त्रिपुरासुन्दरी भगवती मन्दिरको जात्रा शान्त र भव्य रुपमा सम्पन्न भएको जनाएको छ । जात्रालाई शान्तपूर्ण रुपमा सम्पन्न गर्न मन्दिर सेवा समितिले स्वयंसेवक खटाएको थियो भने प्रहरी समेत परिचालन गरिएका थिए । जात्राकै लागि दशरथचन्द नगरपालिकाले बुधवार नगरभित्र सार्वजनिक बिदा समेत दिएको थियो

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.