सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शिवनाथ गाउँपालिकाले पहिलो चौमासिकमा लक्ष्य भन्दा बढी राजस्व संकलन गर्यो

बैतडी –बैतडीको शिवनाथ गाउँपालिकाले पहिलो चौमासिकमा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । चालु आर्थिक बर्षको पहिलो चौमासिकमा १० लाख राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा १३ लाख १९ हजार १८१ रुपैयाँ राजस्व संकलन भएको हो ।

गाउँपालिकाले सबैभन्दा बढी सिफारिश दस्तुर शीर्षकमा राजस्व संकलन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र महताले बताए । उक्त शीर्षकमा ४ लाख ९५ हजार २५० रुपैयाँ राजस्व संकलन भएको छ ।

यस्तै अन्य क्षेत्रको आय शीर्षकमा ३ लाख ८१ हजार ३ सय रुपैयाँ राजस्व संकलन भएको छ भने सरकारी सम्पत्तीको बहालबाट प्राप्त आय शीर्षकमा १ लाख ६२ हजार २ सय रुपैयाँ संकलन भएको गाउँपालिकाले जनाएको छ ।

World Link Ads
Mahakali Polytechnic

Dirghayu Ads
Sana Kishan

यस्तै व्यवसाय दर्ता दस्तुर शीर्षकमा ८१ हजार ७२५ रुपैयाँ, प्रशासनिक सेवा शुल्क शीर्षकमा ४१ हजार रुपैयाँ, व्यक्तिगत घटना दर्ता दस्तुर शीर्षकमा २७ हजार ८ सय रुपैयाँ, अन्य दस्तुर शीर्षकमा १८ हजार ६७५ रुपैयाँ, अन्य कर शीर्षकमा १४ हजार ७ सय रुपैयाँ, नाता प्रमाणित दस्तुर शीर्षकमा १२ हजार ४५० रुपैयाँ, अन्य राजस्व शीर्षकमा ९ हजार ४४० रुपैयाँ, व्यवसाय कर शीर्षकमा ६ हजार ५ सय रुपैयाँ, मालपोत शीर्षकमा २ हजार २२१ रुपैयाँ, परीक्षा शुल्क शीर्षकमा २ हजार रुपैयाँ र न्यायिक दस्तुर शीर्षकमा १ हजार २ सय रुपैयाँ राजस्व संकलन भएको गाउँपालिकाले जनाएको छ ।

यस्तै पहिलो चौमासिकमा ६२ हजार ७२० रुपैयाँ बेरुजु असुल भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महताले बताए ।

गाउँपालिकाले चालु आर्थिक बर्षमा आन्तरिकतर्फ ३० लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । लक्ष्य अनुसारको आन्तरिक आम्दानी गर्नका लागि पालिका सफल हुने गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए । सगुन खबर

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.