कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगरमा फेरी एक अर्को फिट ट्वान्टीफोर फिटनेस जिम हल खुलेको छ । भीमदत्त नगरपालिका -१८ क्याम्पस रोड महेन्द्रनगरमा फिट ट्वान्टीफोर फिटनेस जिम हल खुलेको हो । स्थानीय युवा पन्त दाजुभाईद्वय लक्ष्मी पन्त, केशव पन्तले उक्त जिम हल सञ्चालनमा ल्याएका हुन ।
झण्डै ७-८ वर्ष भारतमा फिटनेस गर्दै बडीबिल्डरका गोल्डमेडलिस्ट लक्ष्मी पन्तले स्वदेशमै युवाहरूको स्वास्थ्य सुधारका लागि भन्दै फिटनेस सञ्चालनमा ल्याएको बताए । उनले ग्राहकको चाहना अनुरूप फिटनेस गरिने बताए । युवाहरूको स्वास्थ्य सुधारका लागि उक्त जिम हल सञ्चालनमा ल्याएको बताए ।
फिट ट्वान्टीफोर फिटनेसका सञ्चालक केशव पन्तले बिहान ५ देखि १० सम्म पुरुष, १० देखि १२ महिला र दिउँसो साढे तीन बजेदेखि कक्षा सञ्चालन हुने बताए । न्यूनतम शुल्कमा बोडी विस्तार गरिनेछ ।