सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भीमदत्त -११ द्वारा सार्की र जोशीलाई उपचारका लागि सहयोग

कञ्चनपुर –  कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर -११ ले ब्रेन्ट्युमरको समस्या भोगिरहेका ५ बर्षिया गणेश सार्कीलाई उपचारका लागि रकम सहयोग गरेको छ। भीनपा -११ निवासी मनी सार्कीका छोरा गणेश सार्कीलाई उपचारको लागि रू २५ हजार सहयोग गरिएको वडा अध्यक्ष प्रकाश थापाले जानकारी दिएका छन्। गणेश हाल चितवन क्यान्सर अस्पतालमा उपचाररत रहेका छन्।

Sana Kishan


उपचारका क्रममा समस्या आउन थालेपछी वडा कार्यालयले रकम सहयोग गरेको उनको भनाई रहेको छ। साथै वडा कार्यालयले भीनपा -११ निवासी केशव भट्टका श्रीमती अनिता जोशी भट्टलाई समेत एपेन्डिसाइटिसको उपचारका क्रममा आर्थिक समस्या आएपछि रकम सहयोग गरेको छ। उनलाई उपचारका क्रममा समस्या आएपछि रू १० हजार सहयोग गरिएको अध्यक्ष प्रकाश थापाले बताएका छन्।


उपचारका क्रममा आर्थिक समस्या आएपछि वडा कार्यालयले सहयोग गरेको वडा अध्यक्ष थापाले बताएका छन्। साथै वडावासीलाई समस्या पर्दा वडा कार्यालयले गरेको सहयोगको स्थानीयले समेत प्रशंसा गरिरहेका छन्। वडा अध्यक्ष थापाले वडावासीका प्रत्येक समस्यामा आफूले सकेको सहयोग गर्न सँधै  तत्पर रहने प्रतिवद्धताका साथ अघि बढ्ने बताएका छन्।  

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.