सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सामुदायिक वनका उपभोक्तालाई वन डढेलो नियन्त्रण तालिम 

कञ्चनपुर – सुक्खायामको मौसममा वनजङ्गल तथा चुरे वनमा लाग्ने डढेलो नियन्त्रणका लागि सामुदायिक वनका उपभोक्तालाई तालिम दिइएको छ । सामुदायिक वन समन्वय समितिले कञ्चनपुरका सामुदायिक वनका उपभोक्ताहरूलाई वन डढेलो नियन्त्रण तथा व्यवस्थापन तालिम दिन लागेको हो । 

सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेश दत्त जोशीले चुरेदेखि तराई क्षेत्रमा रहेका सामुदायिक वनका उपभोक्ताहरूलाई वनमा लाग्नसक्ने डढेलो नियन्त्रणका लागि डढेलो व्यवस्थापन तालिम दिन लागेको बताए । अध्यक्ष जोशीका अनुसार सैद्धान्तिक ज्ञान सहित अभ्यासका विधिबाट सामुदायिक वनका उपभोक्ताहरूलाई तालिम दिइएको बताए । ‘तराईका वनमा आगो लाग्दा निभाउन सहज हुन्छ, ‘उनले भने, ‘चुरेमा लाग्ने आगो भौगोलिक कठिनाइका कारण समस्या हुने भएकाले जिल्लाको चुरे क्षेत्रका आधिकांश सामुदायिक वनका उपभोक्ताहरूलाई डढेलो व्यवस्थापन तालिम दिइरहेका छौँ ।’ 

फागुनदेखि जेठसम्म वनमा लाग्नसक्ने डढेलोबाट जैविक विविधताका साथै मानवबस्ती जोखिममा पर्ने भएकाले जोखिम घटाउन उपभोक्ताहरूलाई तालिम दिन लागेको बताए । सामुदायिक वन समन्वय समितिका टिम लिडर शिवदत्त पन्तले चुरेसँग प्रत्यक्ष जोडिएका भीमदत्त, वेदकोट, शुक्लाफाँटा, कृष्णपुर र बेलौरी, लालझाडी, पुनर्वासका सामुदायिक वनका उपभोक्ताहरूलाई वन डढेलो व्यवस्थापन तथा आगलागी नियन्त्रण तालिम दिइएको बताए । उनका अनुसार हालसम्म ६० सामुदायिक वनका पदाधिकारी, उपभोक्ताहरूलाई तालिम दिइएको छ । 

World Link Ads
Mahakali Polytechnic

यूएसएआईडी जलजङ्गल परियोजनाको सहयोग मार्फत चुरे, लालझाडी मोहना संरक्षित, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएका बन्यजन्तुका कोरिडोर क्षेत्रका वनका उपभोक्ताहरूलाई तालिम दिइएको बताए । ‘वनमा लाग्ने डढेलोले एकातिर वन, पर्यावरण बन्यजन्तुमा असर पर्ने अर्कातिर जैविक विविधता र मानव बस्तीमा समेत आगलागीको जोखिम पर्ने भएकाले हामीले जोखिम न्यूनिकरणका लागि तालिम सञ्चालन गछौँ, ‘उनले भने, ‘तालिमबाट सिकेका विषयवस्तु उपभोक्ताहरूले व्यवहारिक कार्यान्वयन गर्दछ, जसरी गाउँमा कुनै स्थानमा आगो लागे सबै गाउँले मिलेर निभाउँछन्, त्यसरी अब जहाँ वनमा आगो लाग्यो, त्यही भएर उपभोक्ताहरूले निभाए जोखिम घट्छ ।’ 

Dirghayu Ads
Sana Kishan

चुरे संरक्षण सञ्जाल नेपालका अध्यक्ष रविन्द्र कुँवरले अन्य क्षेत्र भन्दा चुरे क्षेत्रमा आगलागी बढि जोखिम भएको बताए । ‘तराईका वनमा लागेको आगो निभाउन सहज हुन्छ, ‘उनले भने, ‘चुरेको आगो जोखिम हुन्छ, उपभोक्ताले तालिम पाएपछि निभाउन सहज हुन्छ ।’ कञ्चनपुरको उत्तरी चुरेको डढेलोको जोखिममा भएकाले सरोकारवाला निकायले समयमै ध्यान दिनुपर्ने बताए । सिद्धनाथ सामुदायिक वन ब्रम्हदेबका उपभोक्ताहरूले पहिलो पटक डढेलो व्यवस्थापन तालिम पाएको भन्दै वनमा लाग्ने आगो नियन्त्रणमा मदत पुग्ने बताएका छन । 

सिद्धनाथ सामुदायिक वन ब्रम्हदेबका उपभोक्ता रमा पालले वनमा लाग्ने आगो नियन्त्रणका लागि तालिम पाएपछि आगो निभाउन सहज हुने बताइन् । ‘हामीले यस अघि तालिम पाएका थिएनौँ, ‘उनले भनिन, ‘अहिले पाएका छौँ, अब आगो निभाउन सहज हुनेछ ।’ सिद्धनाथ सामुदायिक वन उपाध्यक्ष लोक बहादुर ऐरले वनमा लाग्ने आगो व्यवस्थापन बारे तालिम पाएसँगै आगलागी भए सबै उपभोक्ताहरूले सामूहिक रुपमा निभाउन खटिने बताए । उनले आगो निभाउने ज्ञान हासिल गरेपछि आफ्नो सहित चुरे वनमा लाग्ने आगो नियन्त्रण गर्न सक्ने बताइन् । ‘विगतका वर्षहरूमा वन र चुरेमा लाग्ने आगो हामीले नियन्त्रण गर्ने आइडिया नै थिएन, ‘उनले भने, ‘अब हामीले पाएको ज्ञानको सदुपयोग गर्दै अघि बढ्छौँ ।’ 

सव डिभिजन वन कार्यालय ब्रम्हदेबका प्रमुख एवम् वन अधिकृत अम्मर सिह धामी र सामुदायिक वन समन्वय समितिका कार्यक्रम संयोजक उपदेश भट्टले आगलागी नियन्त्रण बारे वनका उपभोक्ताहरूलाई प्रशिक्षण दिएका छन । बनमा लाग्ने आगोबाट भावी दिनमा निम्तिने जोखिम न्यूनिकरणका लागि उपभोक्ताहरूलाई तालिम दिएसँगै पर्यावरण संरक्षणमा टेवा पुग्नेछ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.