सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जनज्योति बहुमुखी क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ भासिमा रहेको सुदूरपश्चिमकै अग्रणी शैक्षिक संस्था जनज्योति बहुमुखी क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। शुक्रबार जनज्योति माध्यमिक विद्यालयको हलमा उक्त प्रतियोगिता सम्पन्न गरिएको क्याम्पसले जनाएको छ।

बिएसडब्लु तृतिय वर्षका विद्यार्थीहरूले पूर्व विद्यार्थी स्व. अनिल कार्कीको सम्झनामा उक्त प्रतियोगिता आयोजना गरेको थियो। प्रतियोगितामा जनज्योति क्याम्पस र जनज्योति माविका ३० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।

Mahakali Polytechnic

प्रतियोगिताबाट कक्षा १२ मा अध्ययनरत निशा साउद प्रथम, कक्षा ११ मा अध्ययनरत जिबिका लावड द्वितीय, कक्षा १२ मा अध्ययनरत पुजा बिष्ट तृतीय र बिएड प्रथम वर्षमा अध्ययनरत चाँदनी भट्टले सान्त्वना स्थान प्राप्त गरेको छ। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्न सफल विद्यार्थीहरूलाई क्रमशः रू ५ हजार, ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार प्रदान गरिएको छ।

World Link Ads

Sana Kishan

कार्यक्रममा बोल्दै जनज्योति बहुमुखी क्याम्पसका प्रमुख प्रकाश दत्त जोशीले यस्ता कार्यक्रमले विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रष्फुटन हुने बताए। साथै उनले बिएसडब्लु तृतिय वर्षका विद्यार्थीहरूले पूर्व विद्यार्थी स्व. अनिल कार्कीको सम्झनामा उक्त प्रतियोगिताको आयोजना गर्नु अत्यन्तै सराहनीय कार्य भएको बताए। आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई क्याम्पसले प्राथमिकता दिने उनको भनाई रहेको छ।

प्रतियोगितामा जनज्योति बहुमुखी क्याम्पसका उपप्राध्यापक प्रजापति नेगी र हरि प्रसाद खतिवडा निर्णायकको भूमिकामा रहेका थिए। बिएसडब्लु तृतीय वर्षमा अध्ययनरत विद्यार्थी गोविन्द जोशीले सञ्चालन गरेको उक्त कार्यक्रममा क्याम्पसका उपप्राध्यापक तथा पूर्व सहायक क्याम्पस प्रमुख बिरेन्द्र सिह साउदको सभापतित्व रहेको थियो भने क्याम्पसका प्रमुख प्रकाश दत्त जोशीको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा पूर्व विद्यार्थी स्व. अनिल कार्कीका दाई अमर कार्कीको समेत उपस्थिति रहेको थियो।

 

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्न सफल विद्यार्थी

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds