Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मापदण्ड मिचेर २२ सटर निर्माण गर्न खोजिए आन्दोलन छेड्छौँ : कञ्चनपुरका संयुक्त युवा विद्यार्थी 

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस २९, २०८१
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरका संयुक्त युवा विद्यार्थीले भवन आचार संहिता मापदण्ड मिचेर जबरजस्त २२ सटर निर्माण गर्न खोजिएर आन्दोलनको चेतावनी दिएका छन् ।

आइतबार संयुक्त युवा विद्यार्थीले जिल्ला समन्वय समितिको हलमा आयोजित पत्रकार सम्मेलनमा युवा विद्यार्थीले मापदण्ड मिचेर जबरजस्त २२ सटर निर्माण गर्न खोजिएर आन्दोलनको चेतावनी दिएका हुन ।

झन्डै डेढ दशकदेखि सरकारी तथा सार्वजनिक अतिक्रमित जमिन विरुद्धमा आन्दोलन गर्दै आएका युवा विद्यार्थीले अहिले तत्तकालिन महेन्द्रनगर नगर विकास समितिको अतिक्रमित जमिन खाली गराउन स्थानीय सरकार पछि गरेको जनाएका छन् ।
संयुक्त युवा विद्यार्थीका तर्फबाट राप्रपा निकट राष्ट्रिय प्रजातन्त्र विद्यार्थी कञ्चनपुरका अध्यक्ष प्रेम रावलले महेन्द्रनगर बजारको सौन्दर्य बिगार्ने गरेर सटर निर्माण गर्न नहुने बताए । उनले जबरजस्ती सटर निर्माण गरेर आन्दोलनको चेतावनी दिएका छन् ।
नेकपा बहुमतका युवा नेता दीपेन्द्र सिंह ऐरीले सरकारी अतिक्रमित जमिन विरुद्धमा युवा विद्यार्थीले नियमित आन्दोलन गर्दै आएको र अहिले पनि नियमित आन्दोलन जारी रहेको बताए ।

‘वर्तमान सुप प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलकै प्रमुख आतिथ्यमा भीमदत्त नगरपालिकामा भएको सर्वदलीय बैठकमा आम राजनैतिक युवा, विद्यार्थीले बन्न नहुने तर्क अघि सारेको थियो, ‘उनले भने, ‘अहिले पनि स्थानीय सरकार यसरी भू माफियाका पक्षमा लागेका छन् ।’

स्थानीय सरकार भू माफिया सर क्षणमा जुटेको उनको आरोप छ । धूम्रपान निषेधका अभियन्ता समेत रहेका  समाजसेवी मदन चन्दले सुन्दर सहरमा २२ सटर बनाउन नहुने तर्क राखेका छन् । उनले राज्यको सम्पत्ति दोहन गर्न नहुने बताउँदै अतिक्रमण कार्य बन्द गर्नुपर्ने बताए ।

नेकपा माओवादी केन्द्र सुप प्रदेशका सदस्य दीपक साउद(शेखर)ले २२सटर मात्रै नभई सरकारी अतिक्रमित जमिन हटाउनुपर्ने बताए ।  ‘हामीले व्यवसायीको व्यवस्थापन गर्न नहुने भनेका छैनौँ, ‘उनले भने, ‘गलत प्रवृत्तिबाट सरकारी जमिन दिन हुँदैन ।’
राष्ट्रिय स्वतन्त्र पाटी कञ्चनपुरका सभापति पदम विष्टले उक्त स्थानमा २२औँ सटर नभई त्यहाँ २३औँ सटर पनि भएकाले त्यो सटरको विषयमा कोही पनि नबोलेको बताए ।

‘मदन चोकमा मापदण्ड विपरीत कुनै पनि सटर निर्माण गर्नु हुँदैन, ‘उनले भने, ‘मापदण्ड पुग्छ, भने बनाउन ठिक नभए हुँदैन ।’
नेकपा एकीकृत समाजवादी कञ्चनपुरका कोषाध्यक्ष हरक सिंह धामीले तत्तकालिन प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) र गृहमन्त्री नारायण काजी श्रेष्ठका पालामा  देशभर अतिक्रमित जमिन खाली गर्ने अभियान अहिलेको सरकारको पालामा रोकिएको भन्दै आपत्ति जनाएका छन् ।

‘अहिलेको सरकार भू अतिक्रमणकारीको पक्षमा देखिएको छ, ‘उनले भने, ‘त्यही भएर २२सटरको विषयमा स्थानीय सरकारले निर्णय लिन सकेको छैन ।’  स्थानीय सरकारले २२सटर बारे गहन अध्ययन गर्नुपर्ने बताउँदै उनले मनलाग्दी रूपमा सरकारी जमिन अतिक्रमण गर्न नदिनुपर्ने बताए । ‘कुनै पनि हालतमा अवैध रूपमा बनेका संरचना खाली गर्नुपर्छ, मापदण्ड मिचेर कसैलाई जमिन पनि दिनु हुँदैन, ‘उनले भने, ‘यस्ता अवैध काम स्थानीय सरकारले गरे त्यस विरुद्धमा आन्दोलन छेद्छौँ ।’
नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता एव पूर्व अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सिके भट्टले राष्ट्रिय सम्पत्ति संरक्षणको अभियान निरन्तर अघि बढ्ने बताए । ‘हामीले ०६४देखि नै तत्तकालिन नगर विकास समितिको अवैध जमिन अतिक्रमण विरुद्धमा आन्दोलन सुरुवात गरेका थियौँ, ‘उनले भने, ‘अहिलेसम्म हामीले निरन्तर आन्दोलन गर्दै आएका छौँ, रोकिने वाला छैन ।’

भीमदत्त नगरपालिका स्थानीय सरकारले मापदण्ड मिचेर २२सटर बनाउन खोजेर गल्ती गरिरहेको बताउँदै उनले सरकारी अतिक्रमित जमिन खाली गर्न ढिलाइ भएको बताए । उनले अतिक्रमित सरकारी जमिन खालीदेखि तत्तकालिन सटरका सम्झौता सकिएकाले अन्याय गरेको बताउँदै सटरको नयाँ सम्झौतामा जोड दिए ।

‘भीमदत्त नगरपालिकाले अवैध संरचना भत्काउन आलटाल गरिरहेको छ, ‘उनले भने, ‘अहिले एडिबीले जहाँतहीँ मापदण्ड विपरीतका काम विरुद्धमा हामी सशक्त आन्दोलन चर्काउँछौँ ।’ एडिबीले मनलाग्दी भवन एव अन्य संरचना निर्माणमा मापदण्ड मिच्दै आएको उनको आरोप छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

‘भाकल’ लघुकथा सङ्ग्रह : सामाजिक यथार्थ, व्यङ्ग्य र मानवीय चेतनाको दस्तावेज
कन्चनपुर

‘भाकल’ लघुकथा सङ्ग्रह : सामाजिक यथार्थ, व्यङ्ग्य र मानवीय चेतनाको दस्तावेज

साउन २४, २०८३
कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने
कन्चनपुर

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने

साउन २१, २०८३
रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड
कन्चनपुर

रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड

साउन १८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘भाकल’ लघुकथा सङ्ग्रह : सामाजिक यथार्थ, व्यङ्ग्य र मानवीय चेतनाको दस्तावेज

‘भाकल’ लघुकथा सङ्ग्रह : सामाजिक यथार्थ, व्यङ्ग्य र मानवीय चेतनाको दस्तावेज

साउन २४, २०८३
रूपान्तरणको दिशामा सुदूरपश्चिम विश्वविद्यालय: अवसर, चुनौती र साझा जिम्मेवारी

रूपान्तरणको दिशामा सुदूरपश्चिम विश्वविद्यालय: अवसर, चुनौती र साझा जिम्मेवारी

साउन २४, २०८३
संविधान कार्यान्वयन र संशोधनमा पुराना-नयाँ सांसदबीच संयुक्त संवाद

संविधान कार्यान्वयन र संशोधनमा पुराना-नयाँ सांसदबीच संयुक्त संवाद

साउन २४, २०८३
‘संघीय गणतन्त्र र जनताका अधिकारमाथिको चुनौती रोक्न अग्रगामी मोर्चा’ : रिजवान अन्सारी

‘संघीय गणतन्त्र र जनताका अधिकारमाथिको चुनौती रोक्न अग्रगामी मोर्चा’ : रिजवान अन्सारी

साउन २४, २०८३
वेदकोटमा गुरु दक्षिणा समर्पण उत्सव सम्पन्न

वेदकोटमा गुरु दक्षिणा समर्पण उत्सव सम्पन्न

साउन २४, २०८३
जुम्लामा ४८ करोडभन्दा बढी राजस्व उठ्यो

जुम्लामा ४८ करोडभन्दा बढी राजस्व उठ्यो

साउन २३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व