Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुदूरपश्चिममा पहिलो पटक संस्थागत रूपमा आधारभूत थिएटर कार्यशाला सञ्चालन

प्रकाश भट्ट by प्रकाश भट्ट
पुस २९, २०८१
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कैलाली । सुदूरपश्चिममा पहिलो पटक संस्थागत रूपमा आधारभूत थिएटर कार्यशाला सञ्चालन गरिएको छ। वाल्मीकि इन्टरनेशनल स्कुल धनगढीले मण्डला थिएटर नेपालसंगको सहकार्यमा सुदूरपश्चिममै पहिलो पटक आधारभूत थिएटर कार्यशाला सञ्चालन गरेको थियो। कैलालीको धनगढीमा कार्यशाला सञ्चालन गरिएको हो।

थिएटर कार्यशालाको अन्तिम दिन पौष २८ गते विजय मल्लले लेखेको तथा विशाल केसी र पिंकी बोहराको निर्देशनमा रहेको “कोही किन बर्बाद होस्”  नाटक वाल्मीकि इन्टरनेशनल स्कुलको हलमा मञ्चन गरिएको छ।

त्यसैगरी कार्यशालामा सहभागी वाल्मीकि इन्टरनेसनल स्कुलका विद्यार्थीहरू अभिनव खड्का, आकाश विष्ट, केशव थापा, खुशी मल्ल, डेनिशा चौधरी, निर्भाना भण्डारी, प्रतिभा भण्डारी, प्रदिती चन्द, प्रिन्स विष्ट, प्रनिश भट्ट, रोहन कुँवर, स्मृति सिवाकोटी, सृजना कडायत, साहिल खाती, शिक्षिका चौधरी र श्रीयाज साउँद लगायतले यस नाटकमा कलाकारको रूपमा मञ्चमा प्रस्तुति दिएका थिए।

वाल्मीकि इन्टरनेशनल स्कुलका प्रिन्सिपल द्रोनसिस न्यौपानेले १५ दिनको कडा परिश्रमपश्चात् थिएटर कार्यशाला सम्पन्न भएको बताउनुभएको छ। उहाँले भन्नुभयो ‘आज मञ्चन गरिएको कोही किन बर्बाद होस् नाटक असाधारण रूपमा सफल रह्यो। १५ दिनको कडा परिश्रम र समर्पणबाट मात्र यस्तो प्रस्तुति सम्भव भएको भन्ने कुरा पत्याउन पनि गाह्रो छ। हाम्रो विद्यार्थीहरूले देखाएको पेसागत कला र निपुर्णता यति स्तरीय थियो कि यो मञ्चन कुनै वास्तविक थिएटरमा हेरिरहेको अनुभव भयो।’

साथै प्रिन्सिपल न्यौपानेले मण्डला थिएटर नेपालका पिंकी बोहरा र विशाल केसीको निर्देशन र मार्गदर्शनप्रति आभार समेत प्रकट गर्नुभएको छ।  ‘उहाँहरूको अथक प्रयासले विद्यार्थीहरूलाई आफ्ना भूमिकामा पूर्ण रूपमा डुब्न र वास्तविक भावना तथा मौलिकता साथ कथा प्रस्तुत गर्न सक्षम बनायो। नाटकप्रति दर्शकहरूले देखाएको उत्साहजनक प्रतिक्रिया यस प्रस्तुतिको सफलताको प्रमाण हो। उहाँहरू दुबै जनालाई हार्दिक आभार। यस नाटकले हाम्रो विद्यार्थीहरूको अद्भुत सम्भावनालाई मात्र उजागर गरेन, यसले हाम्रो समुदायमा सहानुभूति र समझदारीको भावना विकास गर्न नाटकको शक्तिलाई पनि देखायो।’

प्रिन्सिपल न्यौपानेले धनगढीमा कथा वाचन र नाटकको समृद्ध संस्कृति स्थापना गर्ने दिशामा एक आधारशिला राख्न सफल भएका  बताउनुभएको छ। साथै उक्त कार्यमा सघाउने सम्पूर्णलाई आभार व्यक्त गर्दै प्रिन्सिपल न्यौपानेले आगामी दिनमा पनि यो यात्रा निरन्तर अघि बढाउने प्रतिबद्धता गर्नुभएको छ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

‘भाकल’ लघुकथा सङ्ग्रह : सामाजिक यथार्थ, व्यङ्ग्य र मानवीय चेतनाको दस्तावेज
कन्चनपुर

‘भाकल’ लघुकथा सङ्ग्रह : सामाजिक यथार्थ, व्यङ्ग्य र मानवीय चेतनाको दस्तावेज

साउन २४, २०८३
कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने
कन्चनपुर

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने

साउन २१, २०८३
रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड
कन्चनपुर

रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड

साउन १८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘भाकल’ लघुकथा सङ्ग्रह : सामाजिक यथार्थ, व्यङ्ग्य र मानवीय चेतनाको दस्तावेज

‘भाकल’ लघुकथा सङ्ग्रह : सामाजिक यथार्थ, व्यङ्ग्य र मानवीय चेतनाको दस्तावेज

साउन २४, २०८३
रूपान्तरणको दिशामा सुदूरपश्चिम विश्वविद्यालय: अवसर, चुनौती र साझा जिम्मेवारी

रूपान्तरणको दिशामा सुदूरपश्चिम विश्वविद्यालय: अवसर, चुनौती र साझा जिम्मेवारी

साउन २४, २०८३
संविधान कार्यान्वयन र संशोधनमा पुराना-नयाँ सांसदबीच संयुक्त संवाद

संविधान कार्यान्वयन र संशोधनमा पुराना-नयाँ सांसदबीच संयुक्त संवाद

साउन २४, २०८३
‘संघीय गणतन्त्र र जनताका अधिकारमाथिको चुनौती रोक्न अग्रगामी मोर्चा’ : रिजवान अन्सारी

‘संघीय गणतन्त्र र जनताका अधिकारमाथिको चुनौती रोक्न अग्रगामी मोर्चा’ : रिजवान अन्सारी

साउन २४, २०८३
वेदकोटमा गुरु दक्षिणा समर्पण उत्सव सम्पन्न

वेदकोटमा गुरु दक्षिणा समर्पण उत्सव सम्पन्न

साउन २४, २०८३
जुम्लामा ४८ करोडभन्दा बढी राजस्व उठ्यो

जुम्लामा ४८ करोडभन्दा बढी राजस्व उठ्यो

साउन २३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व