सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरको भीमदत्त ११ मा आज रामेश्वर मन्दिरको प्राण प्रतिष्ठा गरिँदै

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ११ महाकाली नदी किनारमा रहेको पवित्र धार्मिक स्थल रामेश्वर घाटमा स्थापित नवनिर्मित रामेश्वर मन्दिरको प्राण प्रतिष्ठा आज आइतबार गरिँदैछ।

माघे सङ्क्रान्तिको अवसरमा आज नवनिर्मित रामेश्वर मन्दिरको प्राण प्रतिष्ठा गरिन लागिएको भीमदत्त ११ का वडा अध्यक्ष प्रकाश थापाले बताउनुभएको छ।

भीमदत्त नगरका नगर प्रमुख पदम बोगटीको प्रमुख आतिथ्यमा हुने उक्त कार्यक्रममा सम्पूर्ण वडावासी तथा हिन्दू धर्मावलम्बीहरूलाई उपस्थित भइदिन वडा अध्यक्ष थापाले आग्रह गर्नुभएको छ। त्यसैगरी माघे सङ्क्रान्तिको अवसरमा भजन कीर्तन कार्यक्रम तथा स्नान कार्यक्रम समेत रहेको उहाँले बताउनुभएको छ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds