कञ्चनपुर – साहित्यकार प्रजापति नेगी सम्मानित भएका छन् । बैतडीको दोगडा केदार गाउपालिका वडा नम्बर -०३ को श्रीकोट बहुमुखी क्याम्पसको प्राङ्गणमा आयोजनामा गरिएको दोगडा केदार साहित्य सम्मेलन तथा नेपाल भारत काव्य गोष्ठीमा उनलाई अमर शहीद दशरथचन्द स्मृति साहित्य गौरव सम्मान प्रदान गरिएको हो।
साहित्यकार नेगीलाई लेखन मार्फत समाज, राष्ट्र र राष्ट्रिय संस्कृति निर्माणका लागि गरेको योगदानको प्रशंसा गर्दै उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ। सम्मानित भएका साहित्यकार नेगीले उक्त सम्मानले हौसला प्रदान गरेको गरेको बताउनुभयो।