सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

रेडियन्ट माध्यमिक विद्यालयको २४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

कञ्चनपुर  – कञ्चनपुरको महेन्द्रनगरमा रहेको रेडियन्ट माध्यमिक विद्यालयको २४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ। बिहीबार सम्पन्न उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रा. डा. भवानी दत्त जोशीको सभापतित्वमा सम्पन्न भएको थियो भने डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाका नगर प्रमुख भरत बडायर जोशी प्रमुख अतिथि रहनु भएको थियो।

 

कार्यक्रममा प्रमुख अतिथि एवम् परशुराम नगरपालिकाका नगर प्रमुख भरत बडायर जोशीले रेडियन्ट माध्यमिक विद्यालयले कञ्चनपुरमा शिक्षाको क्षेत्रमा पुर्‍याएको महत्त्वपूर्ण योगदानको प्रशंसा गरे। उनले विद्यालयले शैक्षिक गुणस्तरमा सुधार ल्याउँदै उदाहरणीय कार्य गरिरहेको बताए।

Mahakali Polytechnic
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रा. डा. भवानी दत्त जोशीले विद्यालयले राष्ट्रलाई योगदान दिन सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको बताए। उनले विद्यालयको भावी योजनाबारे चर्चा गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय प्रतिबद्ध रहेको स्पष्ट गरे।
World Link Ads
Sana Kishan
विद्यालयका प्रिन्सिपल सुर्य बहादुर चन्दले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए। सोही अवसरमा विद्यालयका प्राचार्य त्रिभुवन कुमार भट्टले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरे।
कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिनुका साथै विद्यार्थीहरूद्वारा विज्ञान प्रदर्शनी तथा विभिन्न स्टलहरू राखिएको थियो। साथै, विद्यालयको वृद्धी तथा विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने प्रा. डा. भवानी चन्द ठकुरी, दीपक सिङ थापा, धन राज विष्ट, जगदिश्वरी पन्त, पुष्कर राज जोशी, शारदा रैसाल तथा भूतपूर्व विद्यार्थीहरू डा. हेमराज अवस्थ, इ. त्रिलोक चन्द्र विष्ट, उप-प्राध्यापक बाबुराम रावत, डा. मनोज भट्ट लगायतलाई विशेष सम्मान गरिएको विद्यालयका प्रिन्सिपल सुर्य बहादुर चन्दले जानकारी गराएका छन्।

त्यसैगरी, विद्यालयले खेलकुद, परीक्षा तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरेको छ। विद्यालयका विद्यार्थीहरूको शैक्षिक, सांस्कृतिक तथा अन्य सिर्जनात्मक क्रियाकलापमा उत्कृष्टता प्रकट गर्न आयोजित उक्त कार्यक्रम अत्यन्तै सफल भएको विद्यालय प्रशासनले जनाएको छ।
Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds