कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ उल्टाखाम निवासी नरेश प्रसाद तिवारीको जन्मदिनको अवसरमा अनाथ बालबालिकालाई मिष्ठान्न तथा फलफूल वितरण गरिएको छ।
रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ७ मुगिटारमा रहेको श्री रुद्राक्षेश्वर माध्यमिक विद्यालयका शिक्षक समेत रहेका तिवारीको ३४ औँ जन्मदिनको अवसरमा अनाथ बालबालिकालाई मिष्ठान्न तथा फलफूल वितरण गरिएको उनका दाइ त्रिलोक तिवारीले बताउनुभएको छ।
शनिवार भाइको जन्मदिनको अवसरमा महेन्द्रस्थित स्थित समाज कल्याण अञ्चल बाल अनाथालयमा रहेका अनाथ बालबालिकालाई मिष्ठान्न तथा फलफूल वितरण गरिएको उहाँले बताउनुभयो।
होटलमा गएर फजुल खर्च गर्नुभन्दा अनाथालयमा रहेका बालबालिकाहरूसँग खुसी साटासाट गरी रमाइलो गर्नु नै उत्तम भएकाले भाइको जन्मदिनको अवसरमा अनाथ बालबालिकालाई मिष्ठान्न तथा फलफूल वितरण गरेको उहाँले बताउनुभयो।