कञ्चनपुर – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडिबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ। यसका कारण आगामी २४ घण्टामा देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने छ।
आज (१४ वैशाख) कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
भोलि (१५ वैशाख) दिउँसोसम्म पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपात हुन सक्छ।
मौसम विभागले मेघगर्जन र चट्याङबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।










Discussion about this post