Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुदूरपश्चिममा भोलिदेखि माओवादीको जनजागरण अभियान : प्रचण्ड तीन दिन कैलाली र कञ्चनपुरमा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख १४, २०८२
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – नेकपा माओवादी केन्द्रले भोलि (सोमबार) देखि सुदूरपश्चिम प्रदेशमा ‘जनतासँग माओवादी तराई–मधेश जनजागरण अभियान’ सञ्चालन गर्ने भएको छ। हुलाकी राजमार्गलाई केन्द्रित गर्दै सञ्चालित यो अभियान कैलालीको टीकापुरबाट सुरु भई कञ्चनपुरको महेन्द्रनगरमा पुगेर समापन हुनेछ।

गत फागुनमा झापाबाट सुरु भएको यो अभियान लुम्बिनी प्रदेश हुँदै सुदूरपश्चिम पुगेको हो। माओवादी केन्द्रका केन्द्रीय सदस्य ओम विक्रम भाट (सरल) का अनुसार, वैशाख १५ देखि १७ गतेसम्म सुदूरपश्चिममा अभियान सञ्चालन हुनेछ। अभियानको तयारी कैलाली र कञ्चनपुरमा तीव्र रूपमा भइरहेको उनले बताए।

अभियानको पहिलो दिन वैशाख १५ गते पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कैलालीको टीकापुर पुग्नेछन्। टीकापुरस्थित सती कर्णाली पुलमा स्वागतसहित अभियान सुरु हुनेछ। सो दिन बिहान मर्निङ वाक, सहिद परिवारसँग भेटघाट, टीकापुर झुंगामा जनसभा, बैसनपुर धनगढीमा सहिद परिवारसँग अन्तरक्रिया र धनगढी भन्सारदेखि डोकेबजार हुँदै कञ्चनपुर प्रवेश गरिनेछ।

वैशाख १६ गते कञ्चनपुरको डोकेबजारबाट हुलाकी राजमार्ग केन्द्रित अभियान अघि बढ्नेछ। पुनर्वास नगरपालिकामा स्वागत र भेटघाट, मोतीबस्तीमा सहिद परिवारसँग छलफल, रामनगरमा खानेपानी उद्घाटन, सहिदको सालिकमा माल्यार्पण, शोभाताल अवलोकन, बेलडाँडी र बेदकोटमा स्वागत तथा भेटघाट कार्यक्रम हुनेछ।

अभियानको अन्तिम दिन वैशाख १७ गते भीमदत्त नगरपालिका–४, महेन्द्रनगरको संविधान चोकमा जनसभा आयोजना गरी अभियान समापन गरिनेछ। अभियानमा पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डसहित शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्।

नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेमराज पाण्डेयले अभियानलाई सफल बनाउन नेता–कार्यकर्ताहरू जिम्मेवारीअनुसार खटिएको बताए। “पार्टीको हुलाकी राजमार्ग केन्द्रित अभियानको समापन कञ्चनपुरमा हुँदैछ, हामी चरणबद्ध बैठक र जिम्मेवारीअनुसार युद्धस्तरमा लागेका छौँ,” उनले भने।

सुदूरपश्चिम प्रदेशका इन्चार्ज गिरीराजमणी पोखरेलसहित कैलाली र कञ्चनपुरका नेता–कार्यकर्ताहरू अभियान सफल बनाउन सक्रिय छन्। यो अभियानले पार्टी र जनताको हितमा महत्त्वपूर्ण योगदान पु¥याउने नेताहरूको विश्वास छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र
राजनीति

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण
राजनीति

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य चयनका लागि मतदानको तयारी शुरू
राजनीति

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य चयनका लागि मतदानको तयारी शुरू

असार १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिँदै वेदकोटले ल्यायो १ अर्ब ३ करोड बढीको बजेट  

स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिँदै वेदकोटले ल्यायो १ अर्ब ३ करोड बढीको बजेट  

असार १०, २०८३
रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई उद्योग परिसङ्घकाे सुझाव

मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई उद्योग परिसङ्घकाे सुझाव

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३
अमेरिकामा पुर्‍याइएका नेपालका दुई ऐतिहासिक मूर्ति पुनः नेपाललाई फिर्ता

अमेरिकामा पुर्‍याइएका नेपालका दुई ऐतिहासिक मूर्ति पुनः नेपाललाई फिर्ता

असार १०, २०८३
विश्वकप २०२६ : नेयमार स्कटल्यान्डविरुद्ध ९० मिनेट पूरा खेल्ने तयारीमा

विश्वकप २०२६ : नेयमार स्कटल्यान्डविरुद्ध ९० मिनेट पूरा खेल्ने तयारीमा

असार १०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व