सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

लालझाडीमा सार्वजनिक सुनवाई : गाउँपालिकामा आन्तरिक आयवृद्धिका साथै पूर्वाधार विकासतर्फ पालिका 

कञ्चनपुर – कञ्चनपुरको लालझाडी गाउँपालिकामा सार्वजनिक सुनवाई कार्यक्रम भएको छ । आइतबार गाउँपालिकाको आयोजना र बेलौरी अनलाइनको सहजिकरणमा सार्वजनिक सुनवाई भएको हो । 

सार्वजनिक सुनवाई कार्यक्रममा गत आर्थिक वर्ष ०८०/०८१को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै लालझाडी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले गाउँपालिकाको लक्ष्य भन्दा आन्तरिक आम्दानी वृद्धि भएको बताए । उनले खोलानाला ठेक्का लगाउँदा आन्तरिक आयमा पनि वृद्धि भएर १ करोड २९ लाख रुपैयाँ जम्मा भएको बताए ।

Mahakali Polytechnic

प्रमुख प्रशासकीय अधिकृत सार्कीले ८२.८९ प्रतिशत वित्तिय प्रगति भएको बताए । कुल ४४ करोड, ५० लाख बजेट बाट झण्डै ३७ करोड, ५ लाख खर्च भएको बताए । उनले प्रमुख प्रशासकीय अधिकृत गाउँपालिका अध्यक्षबीच कार्यसम्पादन सम्झौता अनुरूप वित्तिय प्रगति पनि भएको बताए । न्यूनतम स्रोत साधनका बिच अधिक काम गर्नुपर्ने बाध्यता रहेको भन्दै त्यसका बाबजुदपनि सुशासनदेखि विकास निर्माणका योजना सन्तोषजनक सम्पन्न भएको बताए । कार्यक्रममा उपप्रमुख सपना राना (चौधरी) ले स्वागत मन्तव्य राख्दै महिला क्षेत्रमा कामकाज भइरहेको बताइन । 

World Link Ads

Sana Kishan

स्थानीयले उपस्थिति नै कम भएकाले आगामी दिनमा नागरिकको उपस्थिति वृद्धिका साथै गाउँपालिकाले सडक, कृषि, पर्यटन वृद्धि विकासका  जोड दिए । कार्यक्रममा नागरिकले सोधेका प्रश्नको जवाफ दिदैँ लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाले स्थानीय सरकार सञ्चालन ऐन ०७४ अनुरूप पालिकाबाट विभिन्न विकास निर्माणका कामकाज अघि बढाएको बताए । 

उनले सडक, तटबन्ध, कृषि, शिक्षा , स्वास्थ्य लगायतका समाजिक वृद्धि विकासमा क्षेत्रमा काम गरेको बताए । उनले सामुदायिक वनले पालिकाले १० प्रतिशत रकम बुझाउन आनाकानी गरिरहेको भन्दै कडाइ गरिने बताए । बेलौरी अनलाइनका सञ्चालक माधव पौडेल र पत्रकार अवस्थीले कार्यक्रम सहजीकरण गरेका थिए । कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, स्थानीयको सहभागिता रहेको थियो ।  

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds