सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जनज्योतिमा विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका १८ भासिमा रहेको सुदूरपश्चिमकै अग्रणी शैक्षिक संस्था जनज्योति बहुमुखी क्याम्पसले विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा जनचेतनामूलक कार्यक्रम गरेको छ।

मानविकी सङ्काय तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूले आयोजना गरेको उक्त कार्यक्रममा  सामुदायिक प्रहरी कञ्चनपुरको सहभागिता रहेको थियो।

Mahakali Polytechnic

मङ्गलबार जनज्योति माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा प्रहरी निरीक्षक वीर बहादुर बोहरा, प्रहरी नायब निरीक्षक चेतराज पन्त लगायतको उपस्थिति रहेको थियो।  

World Link Ads

Sana Kishan

मानविकी सङ्काय तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी गोविन्द जोशीले सञ्चालन गरेको  कार्यक्रममा जनज्योति बहुमुखी क्याम्पसका प्रमुख प्रकाश दत्त जोशी, उप प्राध्यापक तथा पूर्व सहायक क्याम्पस प्रमुख बिरेन्द्र सिह साउद, जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरेन्द्र राज जोशी लगायतको उपस्थिति रहेको थियो। जनचेतनामूलक कार्यक्रममा जनज्योति बहुमुखी क्याम्पस र जनज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरू सहभागि भएका थिए।

 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds