सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कांग्रेस-एमाले गठबन्धन आगामी ०८४ सम्मैजान्छ : गृहमन्त्री लेखक

कञ्चनपुर – गृहमन्त्री रमेश लेखकले वर्तमान गठबन्धन आगामी ०८४ सम्मै जाने बताउनुभएको छ । बिहीबार महेन्द्रनगरमा नेपाल प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखक वर्तमान गठबन्धन आगामी ०८४ सम्मै जाने बताउनुभएको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका गृहमन्त्री लेखकले नेपाली काँग्रेस र नेकपा एमालेबिच भएको गठबन्धन नटुट्ने दावी गरेका छन् । ‘यो समीकरण अघि बढ्छ, ०८४ सम्मै हुन्छ, ‘उनले भने, ‘तर दुई दलबिच भएको सहमति अनुरूप नेतृत्व भने परिवर्तन हुन्छ ।’ गृहमन्त्री लेखकले संविधान सबै दलको सहमतिमा मात्रै संशोधन हुने बताए ।

सहकारी, गिरीबन्धु टी स्टेट, नक्कली भुटानी शरणार्थी सबै काण्ड कानुन अनुरूप अघि बढ्ने बताए । कञ्चनपुरको हुलाकी सडक निर्माणमा ठेकेदार कम्पनीले लापर्बाही गरेको बताउँदै मन्त्री लेखकले आफू भौतिक पूर्वाधारमन्त्री भएका बेला शिलान्यास गरेपनि हालसम्म निर्माणमा ढिलासुस्ती गरेकोमा चिन्ता व्यक्त गरेका छन् ।

देशकै चर्चित घटना निर्मला हत्याकाण्ड बारे पत्रकारहरूले सोधेको जिज्ञासामा गृहमन्त्री लेखकले निर्मला हत्याकाण्ड सूक्ष्म ढङ्गले अघि बढिरहेको बताउँदै, थप गम्भीरताका साथ अघि बढ्ने बताए । ‘निर्मलाको न्यायिक आन्दोलनमा घाईते भएका सबै घाइतेका पक्षमा केही न केही निर्णय गर्छु, ‘उनले भने, ‘यहाँबाट काटमाण्डौँ फर्किए लगत्तै घाइतेको उपचारका लागि निर्णय गर्छु ।’

Mahakali Polytechnic

पत्रकारहरूले यस अघि निर्मलाको आन्दोलनमा आफै सङ्घर्षका खटिनुभएको थियो ? अहिले निर्णय लिने ठाउँमा हुनुहुन्छ किन निर्मलाको विषयमा ध्यान नदिएको भन्दै प्रश्न गरेका थिए ।

World Link Ads

काँग्रेस सहितका अन्य राजनीतिक दलका नेता कार्यकर्ताहरूले विगतमा निर्मलाको न्यायका लागि भन्दै सडकदेखि संसदसम्म आवाज उठाउने रमेश लेखक गृहमन्त्री भएपछि अहिले चुपचाप बसेको भन्दै टिकाटिप्पणी समेत गरिरहेका छन् । नेपाल प्रेस युनियन कञ्चनपुरका अध्यक्ष तेजसिह( मुस्कान) को अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा आधिकांश पत्रकारले निर्मलाको न्यायकै विषय उठान गरेका थिए । गृहमन्त्रीमा नियुक्त भएपछि ५३ दिनमा गृहजिल्ला भ्रमणमा रहेका मन्त्री लेखक बिहीबार राजधानी फर्किएका छन् ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds