Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

रगत किनबेच गर्ने कुरा होइन नि !

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन ३२, २०८१
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

भोजराज भट्ट, कञ्चनपुर – एकदिन राति ११ बजेको कुरो हो, एकजना साथीले आफ्नो चिनजानको साथीको बुवा अस्पतालमा रगत अभावको कारणले समस्यामा परेको कुरा राख्न फोन गर्नुभयो। हत्तपत्त गइहाले ! त्यहाँ पुग्दा बुवा र आमा दुईजना हुनुहुँदो रहेछ। बुवाको रगतमा समस्या देखिएकोले आमाले रगत खोज्दै हुनुहुन्थ्यो। 

उहाँको दुईजना छोराहरू रहेको तर छोराहरू दुईजनै विदेशमा भएको कारणले यता सहयोग गर्ने व्यक्ति खासै कोही भेटाएनछन् । आफूले पनि रक्तदान गरेर भोलिपल्टका लागि अझै दुईजना साथीहरूको जोहो गरिदिए। फर्किने बेला आमाले मुठीमा दुईवटा हजारको नोट च्याप्दै मेरो हातमा समात्नुभयो। के गर्नुभएको आमा ? मैले झस्किएर सोधे, आमाले यसरी रगतदान माग्नुपर्ने समस्या पहिलोपल्ट देखिएको र आफूलाई पैसा दिन मन लागेको बताउनुभयो। 

रगत भनेको किनबेच गर्ने कुरा होइन नि आमा आवश्यक परेको बेला मैले त मानवीय धर्म मात्रै निभाएको भन्दै उहाँलाई सम्झाउने कोसिस गरे। दुईजना छोराहरू राम्रोराम्रो मुलुकतिर कमाई गरिरहेको भएर होला। पैसा समाएको नमान्दा आमाको मनमा त्यति शान्ति देखिएको भन्ने थिएन। यो त एउटा मेरो जीवनको प्रतिनिधि घटना मात्रै हो। 

रगतको जोहो गर्न मैले अहिले नयाँ साथीहरूसँग चिनजान हुने बेलामा पनि नाम, फोन नम्बर र रक्त समूह एकैचोटि सोध्ने गरेको छु। यसरी रक्तदानले बनाएका सम्बन्धहरू त धेरै नै छन्। हामीले सबै वेला रक्तदान कार्यक्रम गर्ने गरेका त छैनौ तर कहिलेकाहीँ चाडपर्वमा अथवा रेडक्रसबाट साह्रै नै अभाव भयो। भन्ने गुनासो आयो भने हामीले तत्कालै सम्बोधन गर्न रक्तदान कार्यक्रमहरू आयोजना गर्दै आइरहेका पनि छौँ।

 धनगढी महेन्द्रनगरमा हाम्रो सम्पर्कमा आइसकेका बिरामीहरूले रगत अभाव भएर समस्यामा परेको गुनासो भने सायदै होला। तर केही व्यक्तिहरू यस्ता पनि हुन्छन् जसले आफ्नो आफन्त बिरामी पर्दा जसरी पनि रगतको जोहो गरिदिन भन्छन् तर उहाँहरु स्वयंलाई रक्तदान गर्न लगाउँदा भने अनेक बहाना गरेर टार्ने गर्दछन्। यतिसम्म कि तपाईँलाई आवश्यक परेको रगत अहिले हामीसँग छ। तर त्यसको सट्टामा तपाईंले अर्को रगत दिनुहोस् भनेर रेडक्रसबाट भन्यो भने पनि आफ्नो रक्तदान गर्न इच्छुक हुँदैनन् केही व्यक्तिहरू।  

मैले युथ्स भ्वाइस ग्रुप महेन्द्रनगर तथा दारी ग्याङ जस्ता संस्थाहरूमा आबद्ध रहेर काम गरेको त धेरै नै भयो। विशेषगरी युवाहरू आबद्ध भएको सामाजिक संस्थाहरूको मुख्य जिम्मेवारी नै अहिले रगतको जोहो गर्नु रहेको धनगढी, बुटवल, चितवन, काठमाडौँ जस्ता सहरमा रहेका सामाजिक संस्थाहरुबाट पनि बुझ्न सकिन्छ। एउटा कार्यक्रमको सिलसिलामा बुटवल पुग्दा मैले त्यहाँको एकजना दारी ग्याङको मित्रबाट केही जानकारी प्राप्त गरेको थिए। 

जसरी सहरहरूमा यात्रुहरूको सहजताका लागि मोटरसाइकल र कारहरू बुकिङ गर्न पाइने पठाओ र इनड्राइभ जस्ता एप्लिकेसनहरू मार्फत मोबाइलबाटै बुक गर्न सकिन्छ। त्यसैगरी कुनै एउटा निश्चित भूगोलभित्र रहेको हस्पिटलमा आवश्यक पर्ने बिरामीका लागि रगत जोहो गर्न नजिकको सोही रक्त समूह भएको रक्तदातालाई समन्वय गर्न सकिने गरी एपहरु डेभलप भएका रहेछन्। 

मलाई कहिलेकाहीँ लाग्छ कि हामी यी कुराहरुबाट धेरै नै अनविग्य रहेछौ। तर अहिले सामाजिक सञ्जालका मार्फतबाट भएपनि रगतको जोहो गर्ने काम दिनानुदिन सहज हुँदै गएको छ। रक्तदानलाई थप सहज बनाउनका निमित्त आगामी दिनमा पनि मैले सामाजिक क्षेत्रमा आफ्नो भूमिका अझ बढाउने प्रतिबद्धता आफैंसँग गरेको छु। 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जेन्जी सहिदको सम्झनामा कञ्चनपुरमा दीप प्रज्वलन
Uncategorized

जेन्जी सहिदको सम्झनामा कञ्चनपुरमा दीप प्रज्वलन

भदौ २३, २०८३
सडक मर्मत गर्दै वडा अध्यक्ष थापा
Uncategorized

सडक मर्मत गर्दै वडा अध्यक्ष थापा

भदौ १४, २०८३
Uncategorized

जनसरोकार पोष्टको वार्षिकोत्सवमा बिरामी पत्रकार विष्टलाई उपचार खर्च सहयोग

भदौ ४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कन्टेन्ट क्रिएटरको प्रभाव र सामाजिक जिम्मेवारी!

कन्टेन्ट क्रिएटरको प्रभाव र सामाजिक जिम्मेवारी!

भदौ २५, २०८३
भोटेकोशी बाढीको राहत–उद्धारबारे विपक्षी दलको समीक्षा

भोटेकोशी बाढीको राहत–उद्धारबारे विपक्षी दलको समीक्षा

भदौ २५, २०८३
उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भदौ २५, २०८३
स्थानीय सरकार: दलीय भागबन्डा कि जनसेवाको केन्द्र?

स्थानीय सरकार: दलीय भागबन्डा कि जनसेवाको केन्द्र?

भदौ २५, २०८३
ओमानलाई ८७ रनले हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि यूएईसँग भिड्ने

ओमानलाई ८७ रनले हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि यूएईसँग भिड्ने

भदौ २५, २०८३
एसीसी प्रिमियर कप सेमिफाइनलमा नेपाल र ओमान भिड्दै

एसीसी प्रिमियर कप सेमिफाइनलमा नेपाल र ओमान भिड्दै

भदौ २५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व