सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

महारुद्र सहकारीको २७ औं वार्षिक साधारण सभा सम्पन्न 

बैतडी – बैतडीको दशरथचन्द नगरपालिका -०१ स्थित महारुद्र बचत तथा ऋण सहकारी संस्थाको २७ औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विष्णुदत्त भट्टको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा दशरथचन्द नगरपालिका वडा नम्बर -०१ का वडा अध्यक्ष विष्णुदत्त भट्ट प्रमुखको अतिथ्य रहेको थिए । 

साधारण सभामा संस्थाका व्यवस्थापक खेमराज भट्टले १ करोड २३ लाख ६ हजार ९५५ रुपैयाँ बराबरको आयव्यय विवरण प्रस्तुत गरेका छन् । २०५३ सालमा स्थापना भएको सहकारी संस्थामा ३ सय २२ जना शेयर सदस्य रहेका छन् भने १ सय ५२ जना बालबचत सदस्य रहेका छन् । यस्तै संस्थामा १३ संस्थागत बचत सदस्य रहेका व्यवस्थापक भट्टले बताए । 

Mahakali Polytechnic

सहकारी संस्थाले ८१ लाख ६४ हजार ८७२ रुपैयाँ ऋण लगानी गरेको छ भने ३ लाख ४६ हजार ९ सय रुपैयाँ शेयर पूँजी रहेको छ । यस्तै बचततर्फ ७९ लाख १४ हजार ८४६ रुपैयाँ रहेको व्यवस्थापक भट्टले बताए । 

World Link Ads

Sana Kishan

बार्षिक साधारण सभाको अवसरमा समयमै किस्ता तिर्ने ५ जना उत्कृष्ट ऋणीहरूलाई सम्मान समेत गरिएको छ । पूँजीचुक्ताबाट केही नगद रकमसहित ५ जनालाई सम्मान गरिएको सहकारी संस्थाका अध्यक्ष विष्णुदत्त भट्टले बताए । दिपकराज भट्ट, सुने भट्ट, चन्द्रसिंह भाट, निर्मला भट्ट र मानमती भट्टलाई नगदसहित प्रमाणपत्र दिएर सम्मान गरिएको हो । 

कतिपय सहकारी संस्थाहरु बन्द हुँदै गएका बेला महारुद्र बचत तथा ऋण सहकारी संस्था भने अब्बल बन्दै गएको छ । शेयर सदस्यहरूको सक्रिय सहभागिता र सञ्चालकहरुको इमान्दारिताका कारण सहकारी संस्था अब्बल बन्दै गएको हो । 

पछिल्लो समयमा सफ्टवेयर जडान गरेर सहकारी संस्थाले अनलाइनमार्फत कारोबार गर्दै आएको सहकारी संस्थाका व्यवस्थापक भट्टले बताए । आगामी दिनमा समेत सहकारी संस्थालाई अझै राम्रो बनाउने प्रयास गरिने सहकारी संस्थाका अध्यक्ष विष्णुदत्त भट्टले बताए ।  

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds