पप्पु गुरुङ्ग/कञ्चनपुर। दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख गंगा देबी जोशीले एक गरिब परिवारलाई खाद्यान्न सहयोग गरेका छन् । दोधारा चाँदनी नगरपालिका– २ जनज्याती टोलका शंकर पुजाराको घरपरिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।
आर्थिक अवस्था दैनिय रहेका पुजारा घरपरिवारलाई २ बोरा चामल, १ पेटी खाने तेल, चिनी, चियापत्ती सहयोग गरेको दोधारा चाँदनी नगरपालिकाका नगरउपप्रमुख गंगा देबी जोशीले जनाएका छन् । केही दिन अघि शंकर पुजाराको छोरा निरज पुजाराको महाकाली नदीमा डुबेर मृत्य भएको थियो ।
छोराको मृत्युपछि शोकाकुल परिवारमा आर्थिक अवस्था दैनिय रहेको पुजारा परिवारमा खाद्यान्नको अभाव देखिएको कारण खाद्यान्न सहयोग गरेको नगरउपप्रमुख जोशीले बताएका छन् । ‘आर्थिक अवस्था कमजोर भएको थाहापाएपछि खाद्यान्न सहयोग गरेको हौं’ दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख गंगा देबी जोशीले भने– ‘आगामी दिनहरुमा पनि सहयोगको लागी पहल थाल्ने छु ।’
बिगतका दिनहरुमा समेत नगर उपप्रमुख जोशीले दिनदुखीहरुलाई उनिहरुको घरमा पुगेर सहयोग गर्दै आएका छन् । नगर उपप्रमुख जोशीको पिडामा रहेका गरिब तथा बिपन्नहरुलाई सहयोगलाई स्थानियहरुले उच्च प्रशंसा गर्दै आएका छन् ।