Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सिद्धनाथ मन्दिर व्यवस्थित बन्दै, पूर्णागिरीका दर्शनार्थीलाई सहज

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ बैशाख १, सोमबार ०९:११
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – सुदूरपश्चिम प्रदेशको कञ्चनपुरस्थित भीमदत्त नगरपालिका–४ मा अवस्थित प्राचीन सिद्धनाथ मन्दिरमा पूर्णागिरी मेलाका दर्शनार्थीको आकर्षण बढ्दै गएको छ। चैत्रेदशैँदेखि मन्दिरमा दर्शनार्थीको दैनिक घुइँचो लाग्ने गरेको छ। फागुन पूर्णिमादेखि असार औँसीसम्म सञ्चालन हुने पूर्णागिरी मेलाका लागि भारतको उत्तराखण्ड चम्पावत र नेपालको महेन्द्रनगर तथा ब्रह्मदेवमा एकसाथ मेला लाग्ने गर्छ।

सिद्धनाथ मन्दिर समितिका मूल पुजारी पुष्करराज उप्रेतीका अनुसार पूर्णागिरी माताको दर्शनपछि सिद्धनाथ मन्दिरको दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वास छ। “पहिले यो मन्दिर ब्रह्मदेवमा थियो, जहाँ महाकाली नदी तरेर आउन जोखिमपूर्ण थियो,” उनले भने, “त्यसैले २०१८ साल फागुन १८ गते महेन्द्रनगरमा सिद्धनाथको शिला ल्याएर मन्दिर स्थापना गरियो।” त्यसयता दर्शनार्थीको सङ्ख्या क्रमिक रूपमा बढ्दै गएको र वार्षिक एक लाखभन्दा बढीले मन्दिरको दर्शन गर्ने गरेको उनले बताए। यस वर्ष पनि यस्तै सङ्ख्या पुग्ने अपेक्षा छ।

मन्दिर समितिका कार्यवाहक महासचिव चन्द्रकान्त भट्टले दर्शनार्थीको सुविधाका लागि गेट निर्माण, बजार व्यवस्थापन, शौचालय, सिसिटिभी, अस्थायी सुरक्षा गार्डलगायतका सुविधा थपिएको जानकारीग जानकारी दिए। “दर्शनार्थीको सङ्ख्या बढाउन सरोकारवालाले भूमिका खेल्नुपर्छ,” उनले भने, “यसले जिल्लाको आर्थिक समृद्धिमा योगदान पुर्‍याउँछ।”

जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले मन्दिरको ऐतिहासिक र धार्मिक महत्त्व अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्नुपर्नेमा जोड दिए। उनले सीमा क्षेत्रमा हुने चेकजाँचको झन्झट हटाएर दर्शनार्थीलाई सहज बनाउनुपर्ने बताए। “सीमा क्षेत्रको कडाइले भारतीय दर्शनार्थी बनबासा पुलमै फर्किन्छन्। सहज वातावरण बनाए नेपालको धार्मिक पर्यटन प्रवर्द्धन हुन्छ,” उनले भने।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष धर्मसिंह रावलले मन्दिरमा दर्शनार्थीलाई मन्दिरको वातावरण अनुभूति गराउन भौतिक संरचना र सुविधा विस्तारमा जोड दिनुपर्ने बताए। “दर्शनार्थीले यहाँको बजारबाट सामान खरिद र खानपान गर्छन्, जसले स्थानीय अर्थतन्त्र चलायमान हुन्छ,” उनले भने।

मन्दिर समितिका कार्यवाहक अध्यक्ष कैलाश भट्टले मन्दिरलाई प्रदेशकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्य बनाउने योजना रहेको बताए। “प्रचारप्रसार र सुविधा विस्तारमा हामीले बृहत् योजना बनाएका छौँ। सबैको सहयोग आवश्यक छ,” उनले भने।

पूर्णागिरी मेलाले धार्मिक महत्त्वसँगै स्थानीय बजार र पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। मन्दिर व्यवस्थापनले आगामी दिनमा थप सुधार र प्रचारप्रसारमा जोड दिने जनाएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

पोखरी कटेजलाई ५० लाख अनुदान दिइएको छैनः पशु सेवा विज्ञ केन्द्र महेन्द्रनगर
कन्चनपुर

पोखरी कटेजलाई ५० लाख अनुदान दिइएको छैनः पशु सेवा विज्ञ केन्द्र महेन्द्रनगर

२०८२ बैशाख १, सोमबार ०९:११
कञ्चनपुरको बेलौरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
जीवनशैली

कञ्चनपुरको बेलौरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८२ बैशाख १, सोमबार ०९:११
सुरक्षित आप्रवासनबारे सञ्चारकर्मीसँग छलफल
देश/राष्ट्रिय

सुरक्षित आप्रवासनबारे सञ्चारकर्मीसँग छलफल

२०८२ बैशाख १, सोमबार ०९:११

Discussion about this post

नयाँ प्रकाशित

ब्रिक्सटन क्रिकेट कप २०२५ सम्पन्न, कञ्चन विद्या मन्दिर च्याम्पियन

ब्रिक्सटन क्रिकेट कप २०२५ सम्पन्न, कञ्चन विद्या मन्दिर च्याम्पियन

२०८२ बैशाख १, सोमबार ०९:११
बजेटमा चुकेको सुदूरपश्चिम सरकार

बजेटमा चुकेको सुदूरपश्चिम सरकार

२०८२ बैशाख १, सोमबार ०९:११
सेती प्रादेशिक अस्पताल धनगढीमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने

सेती प्रादेशिक अस्पताल धनगढीमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने

२०८२ बैशाख १, सोमबार ०९:११
त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले स्कटल्यान्डलाई २ विकेटले हरायो

नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै

२०८२ बैशाख १, सोमबार ०९:११
इजरायल, इरान वा मध्यपूर्वका अरु देशमा नजान परराष्ट्र मन्त्रालयको अनुरोध

इजरायल, इरान वा मध्यपूर्वका अरु देशमा नजान परराष्ट्र मन्त्रालयको अनुरोध

२०८२ बैशाख १, सोमबार ०९:११
गणतन्त्रको चिठी भावी पुस्तालाई !

गणतन्त्रको चिठी भावी पुस्तालाई !

२०८२ बैशाख १, सोमबार ०९:११

आशीर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

संस्थापक: प्रकाश कलौनी

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: कुमारी हिरा भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व