कञ्चनपुर – नेपाल सुपर लिग (एनएसएल) फुटबलको पहिलो क्वालिफायर खेलमा आज साविक विजेता ललितपुर सिटी एफसी र साविक उपविजेता धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा साँझ ६ बजे शुरू हुने यो खेलको विजेता टोलीले फाइनलमा स्थान पक्का गर्नेछ।
पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्नुपर्नेछ। दोस्रो क्वालिफायरमा भोलि हुने एलिमिनेटर खेलको विजेतासँग प्रतिस्पर्धा हुनेछ। एलिमिनेटर खेलमा एफसी चितवन र फोखरा थण्डर्सबीच भिडन्त हुनेछ।
एनएसएलको फाइनल खेल आगामी शनिबार आयोजना हुनेछ। यो सिजनको उपाधिका लागि हुने प्रतिस्पर्धालाई लिएर फुटबल समर्थकहरू उत्साहित छन्।









Discussion about this post