कञ्चनपुर – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ।
यस्तै, देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। बाँकी भू-भागमा पनि थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना छ।
आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी क्षेत्रमा मुख्यतया सफा वा आंशिक बदलीको अवस्था रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्छ। साथै, यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाले वर्षा र चट्याङका कारण हुन सक्ने जोखिमप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ।









Discussion about this post